२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा पहिलो पटक एक व्यक्तिमा एवियन इन्फ्लुएन्जा देखियो

अमेरिकामा पहिलो पटक एक व्यक्तिमा एवियन इन्फ्लुएन्जा देखियो


मानिसमा पहिलो पटक एच५ वर्डफ्लू संक्रमण पाइएको छ । अमेरिकाको कोलोराडोस्थित जेलका एक कैदीमा यो वर्डफ्लू पुष्टि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले उक्त कुराको पुष्टि गरेको हो । सिडिसीकाअनुसार कोलोराडोको जेलमा रहेका एक कैदीमा एवियन एन्फ्लुएन्जा  A(H5) बाट संक्रमित पाइएको हो । सन् २००२ पछि अमेरिकामा पहिलोपटक एवियन फ्लू संक्रमण पाइएको हो ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार ती कैदीको सिधा सम्पर्क पोल्ट्रीसँग रहेको थियो । उनी एच५एन१ वर्डफ्लूबाट संक्रमित पंक्षीहरुलाई मार्ने काम गर्थे ।

ती कैदी अचानक बिरामी परेका थिए । बिरामी परेपछि उनलाई एच५एन१ संक्रमणको आशंका गरियो । बिरामी परेपछि उनले थकाइ महसुस हुन थाल्यो । सिडिसीले २७ अप्रिलमा उपचारको दौरान उनको नाकबाट स्याम्पल लिएर परीक्षण गरियो । जसमा ती बिरामीमा एच५एन१ वर्डफ्लू पाइयो ।

तर, एजेन्सीले यस भाइरसको सबटाइपबारे केही खुलाएका छैनन् । अहिले ती व्यक्तिलाई आइसोलेसनमा राखेर एन्टीभाइरल ओसेलटामिभिरबाट उपचार थालिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ