२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने

वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने


भक्तपुर—वात्सल्य नेचुरल आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले आई.यु.आई. र अल्ट्रासाउण्ड सेवा निःशुल्क दिने भएको छ । १ बैशाखमा भक्तपुर गठ्ठाघरमा वात्सल्यको नयाँ शाखा संचालनको अवसर पारेर वात्सल्यले आई.यु.आई. र अल्ट्रासाउण्ड सेवा निःशुल्क प्रदान गर्न थालेको हो ।

उच्च आईभीएफ सफलता दरका साथ निःसन्तान सम्बन्धि उपचार गर्दै आएको वात्सल्यले नयाँ वर्षको अवसर पारेर भक्तपुरको गट्ठाघर चोकमा नयाँ शाखा संचालनमा ल्याएको हो। एक कार्यक्रममाझ भक्तपुरको गठ्टाघरमा वात्सल्यको नयाँ शाखा उद्घाटन गरिएको थियो ।

वात्सल्यका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रशान्त सुवेदीले क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा बसोवास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने बताए । विभिन्न वर्गबाट सामाजिक संजालमार्फत् निरन्तर रुपमा निस्सन्तान दम्पतिका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दैं छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । ‘नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आई.यू.आई. निःशुल्क प्रदान गर्दैछौँ’, सुवेदीले भने ।

सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई.मार्फत सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुने विश्वास समेत उनले व्यक्त गरे ।

वात्सल्यले भक्तपुर शाखामार्फत सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू.आई. गर्भावास्था बेलाको जाँच र परामर्श सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : अन्य, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ