२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्लिनिकबाट विशेषज्ञ चिकित्सकहरु सेवा दिन्छन् : हेल्दी च्वाइस

क्लिनिकबाट विशेषज्ञ चिकित्सकहरु सेवा दिन्छन् : हेल्दी च्वाइस


काठमाडौं—बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकले क्लिनिकबाट विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्ने जनाएको छ । आइतबार क्लिनिकले नेपाल सरकारको नियमअनुसार दर्ता भएको क्लिनिकबाट नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका विशेषज्ञ चिकित्सकले सेवा दिने उल्लेख गरेको छ ।

हेल्थआवाजमा प्रकाशित ‘मेडिकल काउन्सिलको अनुगमनः डाक्टर बिनाका क्लिनिक, चिकित्सकबिनै उपचार’ शीर्षकको समाचारको शीर्षकप्रति असहमति जनाउँदैं हेल्दी च्वाइस क्लिनिकले आफूहरु कहाँ विशेषज्ञ चिकित्सकहरु कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट डा. अमी श्रेष्ठ, कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट अनिशा जोशी, कार्डियोलोजिष्ट डा. दर्शन गुरुङ, इएनटी डा. सरिना राजभण्डारी, सर्जन डा. विवेक खड्का, सिईओ डा. उदीप श्रेष्ठ र डाइटिसियन आयुष अधिकारी कार्यरत रहेको जनाएको छ ।

हेल्थआवाजमा प्रकाशित समाचारमा काउन्सिलले दुई वटा उजुरीका आधारमा हेल्दी च्वाइस क्लिनिकमा काउन्सिलले अनुगमन गरेको उल्लेख गरेको थियो । जसमा एउटा विदेशी चिकित्सक डा. शिव शिवाजी सुर्यवंशीलाई काउन्सिलबाट अनुमति नलिएरै कामका लगाएको उजुरी थियो । नेपालमा विदेशी चिकित्सकले काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । डा. सुर्यवंशीले हेल्दी च्वाइस क्लिनिकमा एक वर्ष काम गरेको भन्दैं उजुरी परेको थियो ।

डा. उदीप श्रेष्ठले योग्यताभन्दा बढी उपचार गर्ने गरेको उजुरी काउन्सिलमा परेको थियो । सोही आधारमा काउन्सिलले क्लिनिकको अनुगमन गरेर थप अनुसन्धान अगाडि बढाएको थियो ।

यो पनि पढ्नुस्

मेडिकल काउन्सिलको अनुगमनः डाक्टर बिनाका क्लिनिक, चिकित्सकबिनै उपचार


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ