गृहपृष्ठ ∕ पालिका स्वास्थ्य ∕ दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १५:०८ मा प्रकाशित दोलखा – दोलखाको वैतेश्वर गाउँपालिकाका दलित समुदायका बालबालिकाहरुलाई नि:शुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजना अन्तर्गत २ सय ८५ जना दलित बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको गाँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए। पालिकाभित्रका ६ महिनादेखि ५ वर्षमुनिका दलित बालबालिकाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको हो। पौष्टिक आहाराका लागि एक जना बराबर ९ किलोको दरले सर्वोत्तम पीठो वितरण गरिएको ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजनाका सम्पर्क व्यक्ति देवराज खत्रीले बताए । केही महिनापछि पीठो प्राप्त गरेका बालबालिकाका तौल र उचाईको अवस्था परीक्षण गरी थप पोषणको कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । उनका अनुसार ४ वर्षदेखि पालिकामा सञ्चालित परियोजना अन्तरर्गत वडागत बाल अक्षयकोष सञ्चालन गरी कोषको व्याजबाट विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण, पन्जिकरणका लागि सबै वडामा इन्टरनेट, कम्प्युटर सफ्टवेयर जडान, अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्ने र बालअधिकार सम्बन्धि तालिम, गोष्ठी सञ्चालन गरिने जनाएको छ । क्याटेगोरी : पालिका स्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छौडेमा निःशुल्क आँखा शिविर दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु ‘नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गरेर सबैको पहुँचमा ल्याउँछु’ सानालाई ऐन ठूलालाई चैन : बागमती स्वास्थ्य निर्देशनालयका हाकिमको काज… धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार