२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यवर्षाको समयमा कस्ता रोगको संक्रमण हुन सक्छ ?

वर्षाको समयमा कस्ता रोगको संक्रमण हुन सक्छ ?



डा. बाबुराम मरासिनी

पूर्वनिर्देशक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

वर्षाको मौसममा विभिन्न रोगहरु लाग्ने गर्दछन् । बाढी पहिरोजस्तो समस्याका कारण पानी दुषित हुने भएकाले ब्याक्टोरिया तथा भाइरसबाट सर्ने रोगहरुको संक्रमण बढी हुन्छ । त्यसले वर्षाको समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । वर्षामा सर्ने रोग, जिवाणु, बच्ने उपाय यसप्रकार छन् ।

पानीबाट सर्ने मुख्य रोगहरु :
झाडापखाला, आउँ, मासी, हैजा, टाईफाईड, पाराटाईफाइड, हेपाटाइटिस–ए र ई (जण्डीस)

जीवाणुबाट सर्ने मुख्य रोगहरु :
डेंगु, मलेरिया (औलो), कालाजार, लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस

संक्रमणबाट बच्न के—के सावधानी अपनाउने ?
– दिशा गरेपछि, खाना खानुअघि र खाइसकेपछि तथा फोहोर छोएपछि साबुन पानीले राम्रोसँग हात धुने ।
– पानी शुद्धीकरण गरेर मात्र पिउने ।
– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
– बासी तथा सडेगलेको खानेकुरा नखाने ।
– बाटोमा खुल्ला राखिएका खानेकुरा (स्ट्रीट फुड) नखाने ।
– तरकारी तथा अन्य खानेकुरा राम्रोसँग पकाएर मात्र खाने ।
– संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।

पानी शुद्धीकरण गर्ने विधिहरु
–उमाल्ने
पानी शुद्ध गर्ने सबैभन्दा सरल र खर्चरहित विधि उमाल्ने हो । पानी उमालेर पिउँदा यसमा हुने आँखाले देख्न नसकिने जीवाणुहरु मर्ने भएकाले उमालेको पानी पिउनु सुरक्षित हुन्छ ।
–फिल्टर गर्ने
बजारमा पानी फिल्टर गर्ने विभिन्न किसिमका फिल्टरहरु पाइन्छ ।
–क्लोरिनेशन गर्ने
यसका लागी पानीमा क्लोरिन रसायन प्रयोग गरिन्छ । क्लोरिनको प्रयोगले पानीमा हुने किटाणु नष्ट हुन्छ । बजारमा विभिन्न नामका क्लोरिन झोलहरु पाइन्छन् ।
–सोडिस गर्ने
यस विधिमा घाममा लगातार ६ घण्टासम्म पारदर्शी बोतलमा पानी राखिन्छ । यसरी घाममा राख्दा पानीमा भएका किटाणुहरु मर्छन् । यो विधिका लागि सूर्यको ताप आवश्यक पर्ने भएकाले घाम कम लाग्ने समयमा यो विधि त्यति उपयोगी नहुन सक्छ ।

संक्रमण भैहालेमा के गर्ने ?
झाडापखाला लागेमा जीवनजल पानी पिउने । तातो र झोलिलो पदार्थ प्रशस्त पिउने । र जतिसक्दो छिटो नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ