२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो स्टोरी : यसरी गरिन्छ नेपालमा टाउको नखोली दिमागी नसामा भएको ब्लकेजको शल्यक्रिया

भिडियो स्टोरी : यसरी गरिन्छ नेपालमा टाउको नखोली दिमागी नसामा भएको ब्लकेजको शल्यक्रिया


दिमागको नसा बन्द हुँदा प्यारालाइसिस हुन्छ । प्यारालाइसिस हुन नदिन चाडोभन्दा चाडो नर्मलमा ल्याउन नसा खोल्नुपर्छ । कम्तिमा २४ घण्टाभित्र यो सेवा भएको अस्पतालमा आइपुग्न सकियो भने पहिलेकै अवस्था पुनः बोल्न सक्ने, हिड्न सक्ने हुन्छ ।

नेपालमा दिमागको नसा खोल्ने एन्जीओग्राफी प्रविधी एक वर्षअघि आएको हो । अहिले झन उत्तम प्रविधी न्यूरो अस्पताल बाँसवारीले भित्र्याएको छ ।

यो प्रविधिबाट उपचार गर्दा खुट्टाको नसाबाट तीन एमएमको तार छिराइन्छ । यसलाई दिमागको एन्जीओग्राफी भनिन्छ । जहाँ बन्द छ त्यसलाई तानेर निकालिन्छ । यदि नसा फुटेर गुजुल्टिएको छ भने त्यसलाई पनि यो प्रविधीबाट उपचार हुन्छ । विशेषगरी ब्रेनमा स्टक र हेमरेज हुँदा उपचार गर्ने पद्धति हो ।

दिमागमा रगत लिएर जाने दुई ठूला नसा हुन्छन् । यसमा ब्लक भयो भने त्यसलाई स्ट्रक भनिन्छ । त्यो नसा फुलेर च्यातिएर बेलुनजस्तो भएर फुट्नुलाई एनोरिजम भनिन्छ । एनोरिजम हुदा नसाबाट गएर दिमागमा फुलेको ठाउँमा गएर बन्द गरिन्छ र नसामा रगत प्रवाह गर्न सहज हुन्छ ।

दिमागको नसामा के भएको छ भनेर पहिले जाँच गर्नुपर्छ । त्यसका लागि सबैभन्दा आधुनिक र वैज्ञानिक प्रविधी डिएसए सेरिसव्रेरल एन्जीओबाट परीक्षण हुन्छ । यो प्रविधीबाट जाँच भयो भने स–साना समस्या पनि सजिलै पत्ता लगाउन सक्छौं ।

यो प्रविधीको लागि क्याथ ल्याब चाहिन्छ । त्यसमा पनि वाइप्लेन क्याथ ल्याव धेरै राम्रो हो । यसमा काम गर्नेलाई पनि सजिलो हुन्छ र उपचार गर्नुपर्ने बिरामीलाई पनि रेडिएसनको कम हानी हुन्छ ।

यो प्रविधीबाट पहिले मुटुको नसा मात्र खोल्ने प्रचलन थियो । अन्य नसा अप्रेसन गरेर मात्र गर्न सकिन्थ्यो । यो प्रविधी भित्रिएसँगै दिमागको नसा, घाटीको नसा, खुट्टाको नसा, पेटको नसा अप्रेसन नगरी खोल्न सकिन्छ ।

के फाइदा ?

  • बिरामीलाई धेरै लामो समयसम्म बेहोस गर्नुपर्दैन ।
  • बिरामीको टाउको नखोली गरिने शल्यक्रिया भएका कारण कम्प्लीकेसन रेट एकदमै कम छ ।
  • इन्फेक्सन अति कम छ ।
  • एक घण्टा भित्रै उपचार गरेर सकिन्छ ।
  • अप्रेसनपछि पोष्ट अपरेटीभ वार्डमा धेरै लामो समय बस्नु पर्दैन ।
  • यो प्रविधीबाट गरिएको उपचारको सफलता ९० प्रतिशत छ ।
  • खर्च तीनदेखि पाँच लाखसम्म पर्न सक्छ ।
  • टाउको खोलेर गरिने शल्यक्रियामा खर्च कम भएपनि सबै खर्च जोड्दा यो त्यती महंगाे पर्न आउदैन ।



क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ