२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकाठमाडौंको धुलो धुवाँबाट के असर हुन सक्छ, मास्कहरु कति सुरक्षा प्रदान गर्छन् ? (भिडियोसहित)

काठमाडौंको धुलो धुवाँबाट के असर हुन सक्छ, मास्कहरु कति सुरक्षा प्रदान गर्छन् ? (भिडियोसहित)


प्रा.डा. राजेन्द्र कोजु, बरिष्ठ कार्डियोलोजिष्ट, धुलिखेल अस्पताल

धुलो धुवाँको समस्या एक ठूलो समस्या हो । यसलाई ‘एयर पोलुसन’ नै भनिन्छ । अन्य ठाउँको तुलनामा काठमाडौंमा अत्याधिक मात्रामा देखिन्छ । धुलो र धुवाँको प्रकारमा एक हामीले बाहिरबाट देखिने र अर्को आँखाले देख्न नसकिने धुलोको कण गरी दुई किसिमका हुन्छन् । बाहिरी रुपमा देखिने धुलोले हामीले श्वास फेर्ने क्रममा नाकले तान्ने हुँदा यसले हाम्रो नाकमा असर पार्दछ ।

तर, यसबाहेक पनि अन्य धुलो धुवाँको प्रकार हुन्छ । जसलाई ‘पिएम टु प्वाइन्ट फाइभ’ (PM 2.5) भन्ने गरिन्छ । यो हाम्रो शरीरको निम्ति झन बढी खतरनाक हुन्छ । यसलाई हामी हाम्रो आँखाले देख्न सक्दैनौं । यस्ता कणहरु समान्यतयाः हाम्रो रौंको डायमिटरभन्दा तीन गुणा सानो हुन्छ । यसलाई हाम्रो नाकभित्र रहेको रौले पनि फिल्टर गर्दैन । तसर्थ, यो नाकको माध्यम तथा मुखको माध्यमबाट हाम्रो शरीरभित्र प्रवेश गर्दछ ।

हाम्रो शरीरको प्रायजसो अंगहरुमा प्राकृतिक रुपमा नै फिल्टर गर्न सक्ने क्षमता रहेको छ । तर, यो पिएम टु पोन्इट फाइभ (PM 2.5) ती अंगहरु सबलाई छेड्दै-छेड्दै यो शरीरको भित्री भागसम्म छिर्छ । यसले शरीरमा प्रवेश गरेपश्चात् विशेषगरी श्वासप्रश्वास सम्बन्धि समस्याहरु निम्त्याउने गर्दछ । हाल भैरहेको अध्ययनअनुसार यसले हाम्रो मुटुमा पनि असर गर्ने गर्दछ । जसबाट मुटुसम्बन्धि धेरै समस्याहरु बढिरहेको देखिन्छ । यसले हाम्रो शरीरको छालालाई समेत यसले प्रत्यक्ष प्रभाव पार्दछ । यसैगरी, यो मानसिक समस्याको एक कारक तत्वको रुपमा पनि देखा परेको छ ।

भिडियो हेर्नोस

धुलो धुवाँले ‘क्रोनिक डिजिज’ जस्तैः क्यान्सर रोगसँग पनि सम्बन्धित रहेको पाइएको छ । तसर्थ, यस पिएम टु पोन्इट फाइभ (PM 2.5) को मात्रा बढी हुनु राम्रो मानिदैंन् । आजभोलि विभिन्न ठाउँहरुमा यस पिएम टु पोन्इट फाइभ (PM 2.5) को मात्रा कति छ, भनेर मापन गर्ने यन्त्रहरु राखिएको छ । त्यो राम्रो कुरा हो । जसमा हरियो रंग देखाइएको खण्डमा यसको लेभलभन्दा कम मात्रामा रहेको र त्यो बाहेक ओरेन्ज र रेड कलर देखाएमा त्यो आवश्यक मात्राभन्दा बढी रहेको भन्ने संकेत हो । न्युरोड, रत्नपार्क, कोटेश्वर, गौशाला, रातोपुलजस्ता विभिन्न ठाउँहरुमा म कहिलेकाही रातो कलर पनि देखिरहेको हुन्छ । जुन राम्रो होइन ।

यो ‘सेल्फोआयोअक्साइड’को र ‘कार्बाेनडाइअक्साइड’का कारण निस्कन्छ । ती कुराहरु दिनानुदिन गुडिरहने टायरका कारण पनि निस्किरहेको हुन्छ । त्यस्तै, कन्सट्रक्सनको मेटिरियलहरुबाट धेरै पनि निस्किरहेको हुन्छ । यस्तै, धुलो आफैबाट मिन भएर गैसकेपछि यो त्यसबाट पनि निस्किन्छ । त्यसकारण कसराहरु पटक्कै राम्रो होइनन् ।

कसरी बच्न सकिन्छ ?

यसबाट बच्नको निम्ति लेभल—लेभलमा कुरा गरौं । अब हामी ब्यक्तिगत लेभलमा बच्ने हो भने खै कहाँबाट स्किप हुने त्यो थाहा छैन । तर, पनि हामीले भरसक त्यस्ता धुलो धुवाँबाट बच्ने नौलो किसिमको मास्कहरु लगाएर हिड्नु पर्छ । त्यस्तो धुलो हुने ठाउँमा सकभर जानु हुँदैन ।

सामाजिक रुपमा भन्ने हो भने कमसेकम समुदाय, टोलवासी तथा वडाहरुजस्ता निश्चित ठाउँहरुमा कतै त्यस्ता खालका धुलोहरु पैदा गर्ने वातावरण छ । त्यसलाई कसरी कम गर्ने त्यसमा विचार गर्नुप¥यो । यसमा सबैभन्दा बढी पहल र हात सरकार तथा समुदायस्तरको नै रहन्छ । यस्तो खालको नराम्रो धुलो धुवाँबाट बचाउनु प¥यो । त्यस्ता धुलो धुवाँ इन्ड्रष्ट्रीजबाट धेरैजसो उत्पादन हुने हुन्छ । त्यसलाई रोक्नुप¥यो । गाडीको केमकिलहरुको टायरबाट पनि यो उतपादन हुने हुँदा तिनीहरुलाई पनि कम गर्नुपर्छ । कन्सट्रक्सनका पार्टहरु पनि मिलाएर गर्नुपर्दछ ।

सबैभन्दा मुख्य कुरा रुख बिरुवाहरु बढाउनुप¥यो । जसले कार्वाेन लिई अक्सिजनहरु छोड्छ, ती कुराहरु पनि बढाउनुप¥यो । त्यसो ग¥यौ भने मात्र हामी बच्न सक्छौं । तर, यो एकदमै ठूलो कुरा हो । काठमाडौैं त मेरो विचारमा विश्वकै एकदमै प्रदुषित सिटी नै पर्छ होला । र, यसलाई हामीले ध्यान दिनै पर्छ ।

बजारका मास्कहरुले कत्तिको सुरक्षा दिन्छन् ?

अहिले बजारमा पाइने मास्कहरु देखाउँदा त ठिकै होलान् । तर, यस्ता मास्कले गन्ध र अलिकति मात्रामा मात्रै ठूलो धुलोहरुको रोकथाम गर्न सक्छन् । तर, जुन हाम्रो आँखाले देख्न सक्दैन्, स—साना धुलोहरु त्यसमा पनि पिएम टु प्वाइन्ट फाइभलाई भने यसले ब्लक गर्दैन् ।

मलाई त यस्ता मास्कहरुको प्रयोगले कुनै फरक पार्छजस्तो लाग्दैन् । त्यो सिम्पल मास्कसले पिएम टु प्वान्इट फाइभलाई रोक्न सक्दैन् । तर, पनि केही गरि ह्वास्सै धुलो आएको खण्डमा भने केही हदसम्म यसले रोक्छ भनेर प्रयोग गरेको हुनसक्छ ।

पिएम टु प्वाइन्ट फाइभका दुरगामी असर

कालान्तरमा यस्ता धुलोका कणहरुले श्वासप्रश्वास सम्बन्धि रोगहरु देखा पर्न सक्छ । श्वास फेर्न गाह्रो हुने, स्वा—स्वा हुने, कलेजो सम्बन्धि रोगहरु र क्रोनो डिजिजहरु पनि धेरै लाग्न सक्छन् । त्यस्तै यसले मुटुको रोगहरु ल्याउँछ ।

यसबाट छालाका विभिन्न समस्याहरु र क्यान्सरका कारण बन्न सक्ने पनि उत्तिकै सम्भावना हुन्छ । र, अघि मैले भनेजस्तै यसबाट मेन्टल डिजिजहरु पनि लाग्न सक्छन् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ