२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यशाकाहारी गर्भवती तथा सुत्केरीले खानामा समावेश गर्नुपर्ने आहारहरु

शाकाहारी गर्भवती तथा सुत्केरीले खानामा समावेश गर्नुपर्ने आहारहरु


परापूर्वकालदेखि नै ऋषिमुनि एवं स्वास्थ्यविद्हरुले शाकाहारी खानालाई जोड दिदैं आएको पाइन्छ । तर, क्रमिक रुपमा विभिन्न अध्ययन अनुसन्धानपछि प्रोटिन स्वास्थ्यको निम्ति अत्यावश्यक रहेको पुष्टि भएसँगै विभिन्न विज्ञहरुले प्रोटिनयुक्त खानाको रुपमा जनावरबाट प्राप्त हुने माछा, मासु तथा अण्डा सेवनको सल्लाह दिन थालिएको हो ।

यससँगै उनीहरुले यसको सेवन गर्भवती, सुत्केरी तथा बालवालिकाका लागि पनि अत्यावश्यक रहेको बताउँदै आएका छन् । तर, यसो भन्दैमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने शाकाहारी खाना हाम्रो स्वाथ्यको निम्ति हानिकारक भने होइन् । यद्यपि, शाकाहारी खाद्यान्नबाट पनि शरीरमा आवश्यक विविध पौष्टिक आहारहरु उत्तम तरिकाबाट प्राप्त गर्न सकिन्छ । माछा मासुको अभावमा शरीरमा सबैभन्दा बढी देखिने पौष्टिक पदार्थको अभावमध्ये प्रोटिन प्रमुख हो ।

शरीरको मांसपेशी, रगत निर्माण तथा हार्माेनको सन्तुलनमा सघाउ पु¥याउने प्रोटिनको अभावले शरीरमा रगतको कमी, दुब्लाउदैं जाने, थकान, कमजोर मांसपेशी तथा प्रतिरोधात्मक क्षमतामा कमीजस्ता समस्याहरु निम्त्याउँछ । यसका साथै प्रोटिनको कमीले महिलामा धेरै थकान लाग्ने, जाँगर नलाग्ने, दुब्लाउदै जाने, शरीरको अंगले विस्तारै काम गर्न छोड्दै जानेजस्ता समस्याहरु देखा पर्दछ भने लामो समयसम्म प्रोटिनको अभावमा शिशुहरुमा तौल कम हुने, सुकेनास रोगको शिकार हुने तथा कुपोषणको चक्रमा फस्ने सम्भावनालाई समेत वृद्धि गराउँछ ।

तसर्थ यस्तो समस्या नदेखियोस् भन्नका लागि पनि विशेषगरी गर्भवती तथा सुत्केरी महिलाले प्रोटिनको मात्रालाई आफ्नो खानामा समावेश गर्न आवश्यक पर्दछ । यद्यपि, अधिकांशमा शाकाहारी गर्भवती तथा सुत्केरी महिलाले कस्तो खानाबाट प्रोटिनको प्राप्त गर्ने ? शाकाहारी खानाबाट यसको आपूर्ति गर्न सकिन्छ वा सकिदैन? भन्ने जिज्ञासा रहन सक्छ । शाकाहारी भोजनमा समावेश गरिने विविध खाना वा खाद्य पदार्थको सेवनबाट पनि प्रोटिनको कमी परिपूर्ति गर्न सकिन्छ । त्यसका लागि गर्भवती तथा सुत्केरी महिलाले निम्न आहारहरु आफ्नो भोजनमा समावेस गर्नुपर्छ ।

आंशिक रुपमा बढी भोजनको प्रयोग

गर्भवती तथा सुत्केरी महिलाको सवालमा विभिन्न स्वास्थ्यविद् तथा सम्बन्धित सरकारी निकायले पनि अन्यको तुलनामा बढी भोजनको खानुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आएको छ । निश्चय पनि विशेषगरी गर्भवतीले आफू तथा शिशु दुवैका निम्ति आवश्यक भोजनको परिपूर्ति गराउनको निम्ति पनि तुलनात्मक रुपमा बढी नै खानुपर्छ ।

यससँगै शाकाहारी महिलाको हकमा भने मांसाहारी भोजन गर्ने महिला सरह नै आफूमा क्षमता वृद्धि गर्न र शारीरिक आवश्यकता पूर्ति गर्नका लागि यस्ता महिलाले तुलनात्मक रुपमा सामान्य गर्भवतीले भन्दा भोजनको प्रयोग आंशिक रुपमा बढी गर्नुपर्छ ।

प्रशस्त गेडागुडी

मांसाहारी आहारबाहेक गेडागुडीलाई पनि प्रोटिनको मुख्य स्रोत मानिन्छ । दैनिक आफ्नो भोजनमा गेडागुडी तथा यसको झोल समावेश गर्नाले पनि शरीरमा प्रोटिनको कमी हुन पाउँदैन् ।

गाढा हरियो तथा बहुरंगिक तरकारी

यी खानाहरु हाम्रा गाउँघर, पसल तथा वरपर सजिलै उपलब्ध खानाहरु हुन् । यस्ता आहारको सेवनले व्यक्तिलाई प्रोटिनको अभावबाट टाढा राख्छ । यसअन्र्तगत गाँजर, चुकन्दर, ब्रोकाउली तथा हरियो सातपात आदि पर्छन् ।

मौसमी तथा अमिलो फल

अधिकांशको घरतिर देखिने मौसमी फलफूलको बोटमध्ये लप्सी, अमला, कागती, अम्बा, केरा, स्याउ, सुन्तलाजस्ता बोटहरु हुन् । र, यो बजारमा पनि सजिलै पाइने फलहरु हुन् । तसर्थ यस्ता मौसमी फलहरुको नियमित सेवनले व्यक्तिमा देखिने प्रोटिनको लगभग धेरैजसो समस्यालाई समाधानमा निकै सघाउ पु¥याउँछ ।

यसका साथै यस्ता फलफूलको सेवनले व्यक्तिको प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्नुका साथै भिटामिन प्रदान गर्ने र शरीरमा ऊर्जा प्रदान गर्ने भएकाले यस्ता फलले हाम्रो शरीरमा बहुआयामिक गुण प्रदान गर्दछ ।

ज्वानोको झोल

भान्छामा पाइने विविधि मसालाहरु जस्तैः मेथी, बेसार, नुन, ज्वानो, जाइफल, ल्वाङ, सुकमेलजस्ता आदि मसालाको मिश्रण गरी पराम्परागत रुपमा बनाइने ज्वानोको झोलको प्रशस्त प्रयोग गर्नुपर्छ । यसबाट धेरै मात्रामा शरीरलाई आवश्यक भिटामिन र खनिज पदार्थको पनि आपूर्ति गर्न सकिन्छ ।

यसबाहेक केही महिलाहरु माछामासु नखाने भएपनि अण्डा र दूधको सेवन गर्ने गर्दछ । तसर्थ, त्यस्ता महिलाहरुले भने सकेसम्म नियमित रुपमा अण्डार दूधको सेवन पनि गर्न सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ