२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. आशिका साहको सल्लाह : शरीरका अंगहरु फरफराउँदा के गर्ने ?

डा. आशिका साहको सल्लाह : शरीरका अंगहरु फरफराउँदा के गर्ने ?


आफ्नो जीवनकालमा प्रत्येक व्यक्तिले कुनै न कुनै समयमा आफ्ना शरीरका अंगहरु फरफराएको महसुस गरेका हुन्छन् । चिकित्सा क्षेत्रअन्तर्गत ‘बडि ट्विचिङ’ वा ‘फ्यासिक्युलेसन’ पनि भनिने यसलाई नेपाली समाजमा भने ज्योतिष शास्त्रसँग जोडेर हेर्ने चलन रहेको छ ।

सामान्यतयाः कहिलेकाहीँ शरीरका केहि भागहरु फरफराउनुलाई सामान्य अवस्था मानिन्छ । तर, केही अवस्थामा भने यसले हाम्रो शरीरमा भएको गम्भीर समस्यातर्फ संकेत गरिरहेको हुन्छ । अर्थात्, शरीरका अंग फरफराउने समस्या व्यक्तिमा सामान्य तथा असामान्य दुवै प्रकृतिमा देखिन्छन् । वास्तवमा के छ त शरीर फरफराउनु पछाडिको वैज्ञानिक तथ्य?

साझा कारणहरु

आँखा, थाइ तथा गोडाको पछाडिको भाग तथा बुढी औला फरफराउने प्रक्रिया सामान्य एवं साझा प्रक्रिया हो । तर, कहिलेकाही यो हामीले आफ्नो जीवनशैलीप्रति गरेको बेवास्ताको प्रतिफलका रुपमा पनि देखिन्छ ।

  • अत्याधिक शारीरिक कसरत
  • धुम्रपान
  • तनाव तथा चिन्ता
  • पोषण तत्वको कमी
  • अधिक कफीको सेवन
  • आँखाको ढकनी वा सतह पोल्नाले (जलन हुनाले)
  • लागू पदार्थ सेवनको प्रतिक्रिया
  • शरीरको सुख्खापन

यी बाहेक कहिलेकाही शरीरमा लागेका विभिन्न अन्य रोगको लक्षणको रुपमा पनि शरीरका अंगहरु फरफराउने गर्छन् । यस पछाडिको गम्भीर कारणहरु भने निम्न रहेका छन्ः

  • बिनाई फ्यासिक्युलेशन सिन्ड्रोम
  • टिक्स कोरियाको रुपमा
  • एसएलई डिजिज
  • कमजोर मांसपेशी
  • आइज्याक्स सिन्ड्रोम

समाधानका उपाय

यसरी शरीरका अंगहरु फरफराउनु पछाडि विभिन्न कारणहरु रहेका हुन्छन् । तीमध्ये कुनै हाम्रो जीवनशैलीको प्रतिबिम्बको रुपमा देखिन्छ भने केही जटिल समस्यातर्फको संकेतको रुपमा पनि देखिन्छ । त्यसैले यसको निराकरण चाडोभन्दा चाडो गर्नु आवश्यक हुन्छ ।

  •  मांसपेशीलाई आराम दिदैं रेस्ट लिने
  • अतिरिक्त काम व्यायामलाई बेवास्ता गरी ८ घण्टा पूर्ण रुपमा सुत्ने प्रयास गर्ने
  • शरीर तन्काउने
  • प्रशस्त मात्रामा पानी पिउने
  • फरफराएको ठाउँमा तातोपानी वा आइसले सेक्ने
  • उचित आहारको सेवन
  • तनाव र चिन्ताबाट सकेसम्म टाढा रहने
  • र, लगातार शरीरका अंगहरु फरफराउनु गम्भीर रोगको लक्षण हुने भएकाले न्युरोलोजिस्टसँग परामर्श लिनुपर्छ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ