२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. पुष्पमणि खराल :  व्यक्तिलाई पसिना किन आउँदैन?

डा. पुष्पमणि खराल :  व्यक्तिलाई पसिना किन आउँदैन?


प्रत्येक व्यक्तिको शरीरमा पसिना ग्रन्थी रहेका हुन्छन् । तीमध्ये विशेषगरीः ‘एक्रिन’ र ‘एपोक्रिन’ नामक पसिना ग्रन्थी भने स्तनधारीमा मात्रै पाइन्छ । ‘एक्रिन’ पसिना ग्रन्थीले शरीरलाई शितल बनाउन, शरीरको मांसपेशीको गर्मीलाई बाहिर निकाल्न र शरीरको तापक्रमलाई नियमित गराउन मद्दत गर्दछ ।

जब व्यक्तिले आफूलाई गर्मी भएको महसुस गर्दछ तब ती ग्रन्थीले पसिनाको रुपमा गर्मीलाई बाहिर निकाल्न मद्धत गर्दछ । यस्तै, एप्रोक्रिन पसिना ग्रन्थी भने शरीरमा रहेका रौंसँग जोडिएर रहेका हुन्छन् । जसले व्यक्ति भावनात्मक तनावमा रहँदा पसिना बाहिर निकाल्ने गर्दछ । तसर्थ, व्यक्तिले असहज महसुस गर्दा पसिना निस्कने प्रक्रियालाई स्वभाविक मानिन्छ ।

तर, हामीमध्ये कोही यस्ता व्यक्ति हुन्छन्, जसलाई हत्तपत्त पसिना आउँदैन वा कमै पसिना आउने हुन्छ । चाहे गर्मीको समयमा होस् वा अन्य समयमा नै कोही व्यक्तिमा सामान्य व्यक्तिको तुलनामा शरीरबाट कम पसिना निस्कने हुन्छ ।

कारणहरुः

माथि उल्लेख गरेजस्तै व्यक्तिमा पसिना आउनु एक स्वभाविक प्रक्रिया हो । तर, कसैलाई कम पसिना आउने वा हत्तपत्त नआउने समस्या छ भने त्यसले शरीरको नियमिततामा समस्या छ भन्ने बुझाउँछ । शरीरमा पसिना नआउनाका कारणहरु यस्ता रहेका छन्ः

  • हाइपो थाइराइडको समस्या
  • लामो समय ननुहाउने बानीले पसिना ग्रन्थी ब्लक भएमा
  • एन्टी एनर्जी वा मानसिक औषधीको सेवन
  • नशामा चोटपटक लाग्नाले
  • अटोइम्युन डिसअर्डर
  • जेनेटिक्स डिसअर्डर ।

पसिना नआउने प्रक्रिया पनि यस्ता थुप्रै पक्षहरुसँग सम्बन्धित हुने भएकाले व्यक्तिले आफूमा पसिना किन आउँदैन भन्ने विषयमा ध्यान दिन जरुरी छ । यसका साथै यस विषयमा व्यक्तिले चिकित्सकसँग परामर्श लिनु अझ उचित रहन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ