२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. ढुण्डिराज पौडेलको सल्लाह : टन्सिल संक्रमणबाट कसरी बच्ने

डा. ढुण्डिराज पौडेलको सल्लाह : टन्सिल संक्रमणबाट कसरी बच्ने


प्रत्येक व्यक्तिको घाँटीको भित्री तथा पछिल्लो भागतिर टन्सिल रहेको हुन्छ । टन्सिल मानव शरीरको एक अंग हो । शरीरमा प्रतिरक्षा प्रणालीको रुपमा रहने यसले नाक र मुखबाट शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्नुका साथै यसमा भएका सेतो रक्त कोषिकाहरुले जिवाणुलाई मार्ने काम गर्दछ । तसर्थ यसै अंगमा भएको संक्रमण नै टन्सिलको संक्रमण हो । यसको संक्रमण हुँदा टन्सिल सुन्निने वा फुल्लिने हुन्छ ।

अधिकांशमा देखिने टन्सिलको संक्रमणलाई एक साझा समस्याको रुपमा लिइन्छ । यसको संक्रमण व्यक्तिमा भाइरस वा ब्याक्टेरियाको कारण हुने गर्छ । टन्सिल संक्रमण भएमा व्यक्तिमा निम्न लक्षणहरु देखा पर्दछ ।

  • घाँटी दुख्ने
  • निल्नलाई अप्ठ्यारो हुने
  • स्वर बस्ने
  • खोकी लाग्ने
  • श्वास गन्हाउने
  • थकान महसुस हुने
  • कानको दुखाइ
  • घाँटीमा केही अड्केजस्तो महसुस हुने
  • घाँटीका भित्री भाग दुख्ने
  • घाँटीको पछाडि रहेको टन्सिलका भागहरुमा सेतो–सेतो र पीप जमेजस्तो देखिने ।

भाइरस र ब्याक्टेरियाका कारण हुने टन्सिलबीचको फरक

भाइरस एवं ब्याक्टेरिया दुवैका कारण व्यक्तिमा टन्सिल संक्रमणको समस्या देखा पर्दछ । भाइरसका कारण हुने टन्सिल संक्रमण व्यक्तिमा पछि आफै निको भएर हुन्छ । ब्याक्टेरियाका कारण हुने टन्सिल संक्रमणमा भने व्यक्तिको टन्सिल दुख्ने, सुनिने र ज्वरो आउने हुन्छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने भाइरसबाट हुने संक्रमण सामान्य रुघाखोकीजस्तो हुन्छ । करिब ४ दिनपछि स्वतः निको भएर जान्छ । तर, ब्याक्टेरिया संक्रमणले भने व्यक्तिमा गम्भीर किसिमको संक्रमण बढाउने जोखिम रहन्छ । जसले व्यक्तिको घाँटीका साथै किड्नी तथा मुटुमा समेत असर गर्ने सम्भावना उच्च रहन्छ । ब्याक्टेरियाका कारण हुने टन्सिल संक्रमण गम्भीर प्रकृतिका हुन्छन् । जसकारण जटिलता पैदा हुने भएकाले एन्टिबायोटिक औषधिहरु खानु पर्दछ ।

उपचार तथा बच्ने उपाय

हामीले के बुझ्नुपर्छ भने एकपटक सुन्निएको टन्सिल पुनः सोही स्वरुपमा फर्किदैन् । तसर्थ, धेरै चोटी देखिने टन्सिल पटक–पटक पाक्ने वा व्यक्तिमा १ वर्षमा तीन पटकभन्दा बढी टन्सिल संक्रमण देखिएमा त्यस्ता व्यक्तिको टन्सिल शल्यक्रियाद्वारा निकालेर फाल्नुपर्ने हुन्छ । जसकारण व्यक्तिमा पुनः टन्सिल संक्रमणका कुनैपनि समस्या देखिदैन् ।

तर, टन्सिल र थाइराइड ग्रन्थी सँगसँगै रहने भएकोले पनि कतिपय अवस्थामा थाइराइडमा आएको समस्याका कारण पनि व्यक्तिलाई घाँटी दुख्ने समस्या देखिन्छ । तसर्थ, त्यस्तो अवस्थामा भने हामीले टन्सिल के–कारणले देखिएको हो भनेर पत्ता लगाएर सोहीअनुरुप उपचार गर्नुपर्ने हुन्छ । र, त्यस्तो अवस्थामा व्यक्तिलाई शल्यक्रियाको जरुरत पर्दैन । सामान्यतयाः टन्सिलबाट बच्न व्यक्तिले निम्न उपायहरु अपनाउनुपर्छ ।

  •  झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने
  • धुलो धुवाँजन्य वातावरणबाट बच्ने
  • बाहिर निस्कदा मास्कको प्रयोग गर्ने
  • नुन पानीले गार्गल गर्ने
  • धुम्रपान नगर्ने
  • धेरै चिसो, तातो र चिल्लो खानाहरु नखाने
  • लगातार नबोली घाँटीलाई आराम दिने
  • टन्सिल सम्बन्धि कुनै समस्या देखिएमा सम्बन्धित चिकित्सकको सल्लाह लिने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ