२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘छालाको समस्याबारे बेलैमा सचेत भएमा संक्रमणबाट जोगिन सकिन्छ’

‘छालाको समस्याबारे बेलैमा सचेत भएमा संक्रमणबाट जोगिन सकिन्छ’


आधुनिक जीवनशैली, खानपिन र तनावका कारण छालासम्बन्धी रोग दिनानुदिन बढ्दै गइरहेको छ । शरीरको सबैभन्दा महत्वपूर्ण अंग छालामा हुने सानातिना समस्याबारे बेलैमा सचेत हुने हो भने छालाको संक्रमणबाट जोगिन सकिन्छ । विशेष गरेर छाला र सौन्दर्य एकअर्काका परिपूरक भएकाले पनि यसमा सचेत रहनु अति आवश्यक हुन्छ । छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ डा. सुमित पाण्डेयसँग हेल्थआवाज सँग गरेको कुराकानीः

छाला रोग कस्तो रोग हो ?
विशेष गरी मैले सुदूरपश्चिम ÷मध्यपश्चिममा कार्य गरेको आफ्नो अनुभवअनुसार यो भेगमा छालामा विभिन्न रोगहरु देखिएका छन् । गर्मीका कारणले दाद बढी देखिएको छ । दाद किन बढी देखिएको भने मेडिकल परीक्षणको आधारमा भन्ने हो भने मलमको जथाभावी प्रयोग गरेर केही दिन सञ्चो हुने र फेरि दोहोरिने हुनाले गर्मी ठाउँ धनगढी/नेपालगञ्ज बढी देखिने गरेको छ ।

दोस्रो भनेको सेतो दुवी देखिने गरेको गरेको छ । स्थानीय भाषामा झालेमाले (मालेकोण) भन्छन् । यो चाहि रोगको आफ्नो प्रकृतिको कारणले देखिएको छ । मान्छेलाई चाहिँ अरु रोगसँग सम्बन्धित भएर स्वेत कुष्ठ पनि भन्छन् । यसलाई मेडिकल भाषामा सेतो दुबी भन्छौं । यो भेगमा यो समस्या पनि देखिएको छ । योबाहेक अरु छाला रोगमा एलर्जी पनि देखिने गरेको छ । यो निर्माण कार्य गर्ने, गृहणीहरुमा बढी देखिने गरेको छ । हातहरु चिलाउने, सोडा साबुनको प्रयोगले एलर्जीहरु बढी हुने गरेको छ । सुदूरपश्चिमको यो भेगमा निर्माणका कार्यहरु भइरहेको हुनाले धुलो माटोको कारणले छालामा हुने एलर्जी बढी देखिएको छ ।

कस्ता—कस्ता समस्या छाला रोगअन्तर्गत पर्छन् ?
छाला रोगअन्र्तगत पर्ने छाला यौन तथा कुष्ठ सम्बन्धि रोगहरु पर्दछन् । जस्तैः छालारोगअन्तर्गत कपाल, नङ, मुख भित्रको छाला, योनीको पातलो झिल्लीको रोग पनि छाला रोग अन्र्तगत नै पर्दछन् । त्यसमा पनि किटाणुले (ब्याक्टेरिया ÷भाइरस ) गराउने रोग एक प्रकारका हुन्छन् । जुन सजिलै सञ्चो हुन्छन् । किटाणुले नगराइकन जुन बंशाणुगत रुपमा आएका दुवीजस्ता रोगहरु, नसर्ने जुन अन्य कारणले कुनै अरु भित्री कारणले नसर्ने खालका विभिन्न रोगहरु छन् ।

धेरै सर्ने सक्ने रोगहरु छाला यौन कुष्ठरोगहरु पर्दछन् । अहिले धेरै देखिएको दाद हो । यसलाई साधारण भाषमा लुतो भनिन्छ । त्यस्तै, बच्चाहरुमा संक्रमण देखिने फोका, स–साना बिमिराहरु देखिन्छन् । अब गर्मी समय सुरु भएको हुनाले पानीले भरिएका फोकाहरु देखिन्छन् । यो एक प्रकारको छालामा हुने संक्रमण हो ।

छाला रोग पहिलेको तुलनामा अहिले किन बढ्दै गईरहेको छ ।
छाला रोग पहिलेको तुलना अहिले बढ्दै गइरहेको छ । मेरो अनुभवमा छाला रोग बढ्दै गइरहेको विभिन्न विज्ञहरुसँग कुरा पनि राखेको थिए । अहिले पछिल्लो समय देखिएको भनेको छालाको कालाजार हो । छालामा कालाजार देखिनुको कारणको बारेमा मैले पनि जानकारी लिएको छु । मौसम परिवर्तनको कारणले संसारमै तापक्रमको कारणले छाला रोगहरु बढ्दो क्रममा छ । अर्को, बसाइँसराइको छाला रोगहरु दाद, छालाको कालाजार यो रोगको संक्रमण बढ्दो क्रममा रहेको लाग्छ ।

दिनमा कति जना बिरामी छालाको समस्या लिएर आउँछन् ?
अहिले औसत रुपमा दिनहुँ ३०–४० जना छालाको समस्या लिएर आउने गर्दछन् ।

छाला रोगको पूर्ण समाधान हुन्छ ?
बिरामीले सबैभन्दा बढी गर्ने प्रश्न नै यही हो । छालाको रोगहरु सन्चो नै हुँदैन भन्छन् । तर, त्यस्तो होइन, सेतो दुवी (स्वेत कुष्ठ) सन्चो भएर केही उपहार लिएर भेट्न आउँछन् । खुसी लाग्छ । छालामा सबै रोगहरु निको हुने छैनन् । म चाहिँ के भन्छु भने ५० प्रतिशत रोगहरु मात्र निको हुन्छन् । ५० प्रतिशत रोगहरु निको हुन्छन् तर निर्मुल हुँदैनन् । निको हुने भनेको केही समयको लागि सञ्चो हुन्छ । जस्तैः मधुमेहको बिरामीलाई निको हुन्छ । निर्मुल हुँदैन् । रक्तचापका बिरामीलाई निको हुन्छ, निर्मुल हुदैन ।

छाला सम्बन्धी रोगले क्यान्सरको जोखिम पनि बढ्दै गएको छ ?
छाला रोगीलाई क्यान्सर हुने सम्भावना त कमै हुन्छ । तर, केही रोगहरु यस्ता पनि छन् । जो पछि गएर क्यान्सरमा जान सक्छन् ।

कस्मेटिक सामानहरुको प्रयोगले छालामा सम्स्याहरु बढेको हो?
यो कुरामा केही सत्यता छ । त्यसैले विश्वमा नै चिकित्सकले अनुमति दिएको यस्ता साधनहरु मत्रै प्रयोग गर्नु पर्दछ । केही राम्रो हुनका लागि विभिन्न किसिमका कस्मेटिक प्रयोगले गर्दा छालालाई दीर्घकालीन असर गर्छ । जसले गर्दा छालामा एलर्जी हुने र पछि बिग्रिएर उपचार नै नहुने अवस्था धेरै देखिएको छ । कस्मेटिक समानहरुमा हुने विभिन्न रसायनहरुको कारणले छाला बिग्रेको अवस्था छ ।


क्याटेगोरी : जनस्वास्थ्य, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ