२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो स्टोरी : आँखाको चश्मा हटाउन गरिने रेफ्रयाक्टिभ सर्जरी के हो ? कसले गर्न सक्छन् ?

भिडियो स्टोरी : आँखाको चश्मा हटाउन गरिने रेफ्रयाक्टिभ सर्जरी के हो ? कसले गर्न सक्छन् ?


लेजर सर्जरीलाई हामी रेफ्रयाक्टिभ सर्जरी पनि भन्छौं । यो सर्जरी चश्मा लगाउने मानिसहरुको चश्मा हटाउनका लागि गरिन्छ । चश्मा लगाउने नपाइने पेशामा रहेकाहरु जस्तैः आर्मी, पाइलट, मोडललगायत यस्तो सर्जरी गरिन्छ । कतिपयलाई चश्मा लगाउन मन नपर्ने पनि हुन्छ । त्यस्ता व्यक्तिले यो सर्जरी गरेर चश्मा हटाउन सक्छन् ।

लेजर सर्जरीमा पनि धेरै प्रकारका लेजर सर्जरीहरु हुन्छन् । तिलगंगामा धेरै गरिने सर्जरी भनेको ‘स्माइल’ सर्जरी हो । स्माइल (स्माल इन्सीजन लेन्टीकूल एक्स्ट्रयाक्सन) भनिन्छ । लेन्टीकूल भनेको आँखाको नानीको सानो टुक्रा एक्स्टयाक्सन भनेको इन्सीजन दिएर निकाल्ने भएकाले यो सर्जरीलाई स्माइल सर्जरी भनिएको हो ।

यो सर्जरीमा लेजरको प्रयोग गरिन्छ । यसमा आँखामा नानीमा लेजर दिइन्छ, जसले नानीको सेपलाई परिवर्तन गर्छ । जसका कारण चश्मा लगाउन नपर्ने हुन्छ । स्माइल भन्ने सर्जरीमा लेजर दिइएको टिस्युलाई लेन्टीकुल भनिन्छ, त्यसलाई बाहिर निकालिन्छ । बाहिर निकालेपछि पहिलेभन्दा आँखाको नानीको सेप चेन्ज हुन्छ, सेप चेन्ज भइसकेपछि चश्मा लगाइ रहनु पर्दैन् ।

आँखाको नानीको आफ्नै रेफ्रयाक्टिभ पावर हुन्छ । यो सर्जरीमा त्यो पावरलाई मिलाइन्छ ।

यो सर्जरी गर्न स्वास्थ्य कस्तो हुनुपर्छ ?

सामान्यतयाः यो सर्जरी -०.५० देखि -१४ सम्म पावर भएका व्यक्तिहरुलाई गरिन्छ । प्लसमा अहिले हामीले यो सर्जरी गरिरहेका छैनौ तर प्लसमा पनि यो सर्जरी गर्न सकिन्छ ।

यो सर्जरी गर्नका लागि व्यक्ति स्वस्थ हुनुपर्छ । शरीरमा रोगहरु नभएको धेरै राम्रो हुन्छ । रोग भएमा कहिलेकाही सर्जरीपछि आँखामा इन्फेक्सन हुन सक्ने, सुनिनेजस्ता सम्भावना रहन्छ ।

उमेरमा १८ वर्षभन्दा माथि भएको हुनुपर्छ । १८ वर्षभन्दा मुनिकालाई यो सर्जरी गरिदैन्, १८ वर्षमाथि ७०—८० वर्षसम्म व्यक्तिलाई पनि यो सर्जरी गर्न सकिन्छ । तर, तिलगंगामा हामीले ४५ वर्षसम्मका लागि मात्रै यस्तो सर्जरी गरिरहेका छौं ।

यो सर्जरी गर्नुपूर्व ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण आँखामा सुख्खापन छ कि छैन भनेर हेरिन्छ । यदि धेरै सुख्खापन छ भने पनि हामीले यो सर्जरी गर्न भन्दैनौं ।

कति भरपर्दो सर्जरी हो ?

स्माइल सर्जरी भरपर्दो सर्जरी हो । सर्जरी गर्नुभन्दा पहिले हामीले प्रि अपरेटिभ एसेसमेन्ट भन्ने गरिन्छ (इनिसियल स्क्रीनिङ) गर्छौ । जसमा आँखाको नानीको स्क्यान गरिन्छ । स्क्यान गर्दा सामान्य छ भने बल्ल बिरामीलाई सर्जरीका लागि सल्लाह दिइन्छ । यदि स्क्यानिङमा राम्रो आएन भने त्यस्तोको सर्जरी गरिदैन् ।

शल्यक्रियापछि के गर्न हुँदैन ?

सर्जरीको एकहप्तासम्म हामीले बिरामीलाई नजिक काम नगर्न सल्लाह दिन्छौ । एक हप्तामा धेरै ख्याल गर्नुपर्छ । आँखालाई एकदमै सफा राख्नुपर्छ । एक हप्तासम्म आँखामा पानी पार्नु हुँदैन् ।
एक हप्तापछि सामान्य शैलीमै काम गर्न सकिन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ