२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजनस्वाथ्यमा उल्लेख्य उपलब्धी गर्ने नेपालसहित ६ देश सम्मानित

जनस्वाथ्यमा उल्लेख्य उपलब्धी गर्ने नेपालसहित ६ देश सम्मानित


काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धी गरेको भन्दै नेपालसहित ६ देशलाई सम्मानित गरेको छ । जनस्वास्थ्यमा उल्लेख्य उपलब्धी हाँसिल गरेको भन्दै डब्लुएचओले नेपाल, बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंकालाई सम्मानित गरेको हो ।

दादुरा, आमाबाट बच्चामा सर्ने एचआईभी, सिफलिस उन्मुल तथा हेपाटाईटिस–बी नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त गर्ने डब्लुएचओ अन्तर्गतका दक्षिण–पूर्वी एसिया क्षेत्रका ६ देशका स्वास्थ्य मन्त्रालय सम्मानित भएका हुन् ।

नेपाल, बंगलादेश, भुटान र थाईल्याण्ड यो क्षेत्रमा हेपाटाईटिस बी नियन्त्रण गर्ने पहिलो चार देश हुन् । श्रीलंकाले दादुरा तथा माल्दिभ्सले आमाबाट शिशुमा सर्ने एचआईभी र सिफलिस उन्मूलन गर्नमा सफलता हासिल गरेको छ ।

‘रोग उन्मूलन हाम्रो एजेन्डामा सधैं प्राथमिकता र्पछ ।’ डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रकी निर्देशक पुनम क्षेत्रपाल सिंहले भनिन्, ‘जब म नयाँ, दीगो र तीब्रताको कुरा गर्छु, त्यसबेला उष्ण क्षेत्रमा लाग्ने रोग हटाउन अघि बढ्नु हो ।’

सदस्य राष्ट्रलाई जनस्वास्थ्यमा भएको उपलब्धिका लागि क्षेत्रीय समितिको बैठकमा सम्मान गरिएको यो लगातार चौथो वर्ष हो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ