२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्वास्थ्यमा समस्या देखिएपछि गाउँँलेले गरे बिरालो बहिस्कार

स्वास्थ्यमा समस्या देखिएपछि गाउँँलेले गरे बिरालो बहिस्कार


एजेन्सी– न्युजिल्यान्डको दक्षिणी तटको एउटा गाउँँले सम्पूर्ण घरेलु बिरालोलाई प्रतिबन्ध लगाउँने योजनामा छन । ओमावीका मानिसहरुले आफूहरूले अहिले पालिरहेको बिरालो मरेपछि नयाँ पाल्ने छैनन् । आखिर किन ? बर्षेनी हजारौ चराचुरुंगी तथा स्तनधारी प्राणीको मृत्युको मुख्य कारक बिरालोले स्थानीयको स्वास्थ्यमा पनि अशर गर्न थालेपछि गाउँलेहरुले अब बिरालो नै बहिस्कार गर्ने भएका हुन ।

बिरालोका कारण मानिसको स्वास्थ्यमा समस्या देखिएको उनीहरुले बताउदै आएका छन् । बिरालोले मारेर छोडेका चराचुरुंगीकै कारण सो गाँउमा ज्वरो, झाडावान्ता, रुघाखोकीलगायतका समस्या बारम्बार देखिएको बताइएको छ ।

स्मिथसोनियन माइग्रेटरी बर्ड सेन्टरका प्रमुख डा. पिटर माराले चराचुरुंगी तथा प्राणीको असामयिक मृत्युमा बिरालो मुख्य कारक भएको विषयलाई विभिन्न पुस्तक तथा जर्नलमा लेखेका छन् । बिरालोले गाउँमा स्वास्थ्य समस्या ल्याएको पनि उनी बताउछन । बिरालोले मानिसको स्वाथ्यमा श्वासप्रश्वासलगायतका समस्या निम्त्याएकोले विज्ञहरूले तत्कालै यो प्राणीलाई गाउँबाट हटाउन सुझाब दिएका छन् ।
तर, वर्षौंदेखि पालेको जन्तुसँग मानिसहरूको भावनात्मक सम्बन्ध बढेकाले त्यसलाई तत्काल घरबाट लखेट्न गाउलेले सकेनन् ।

अर्कोतर्फ गाउँका दर्जनौँ बिरालोलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा पनि अर्को समस्या खडा भयो । अन्ततः गाउँलेले अब नयाँ बिरालो नपाल्ने बताएका छन् । यसका लागि उनीहरूले आफूसँग अहिले भइरहेका बिरालोको संख्या स्थानीय कार्यालयमा रेकर्ड गराएका छन्, ताकि अगामी दिन अनुगमन अधिकारीलाई अनुगमन गर्न सहज होस् ।बिरालो र यसले स्वाथ्यमा पार्ने प्रभावबारे ओमावीमा लामो समयदेखि बहस चलेको छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ