२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यनिमोनियाबाट बच्न डा सेन्चुरीका ९ सुझाव

निमोनियाबाट बच्न डा सेन्चुरीका ९ सुझाव


निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको रोग हो । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन् । फोक्सोमा ठूलो श्वासनली, सानो नली, ब्रोंकाइलगायत विभिन्न खालका टिस्यु हुन्छन् । यिनै टिस्युमा कुनै कारणले संक्रमण भएर फोक्सोको कुनै क्षेत्र वा पूर्ण फोक्सोमा संक्रमण भएपछि हामीलाई निमोनिया हुन्छ । यस्ता संक्रमणले कहिले फोक्सोको तल्लो भागलाई त कहिले मथिल्लो भागलाई असर गरिरहेको हुन्छ । निमोनिया फरक–फरक कारणले लाग्छ । त्यसकारण पहिले कारण पत्ता लगाउन जरुरी हुन्छ । भाइरस, ब्याक्टेरिया र फंगल्सका कारण संक्रमण हुने गर्दछ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । ब्याक्टेरिया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमता नष्ट गर्छ र त्यसका टिस्युहरूमा संक्रमण फैलाउँदै जान्छन् । फोक्सोका टिस्युलाई संक्रमण गरेपछि पानी जम्ने, पिप जम्ने र कहिलेकाहीँ हावा जम्ने हुन्छ ।

कारणहरू
–फोक्सोमा भाइरस, ब्याक्टेरिया र फंगल्सको संक्रमण । रुघाखोकी बिग्रिएर निमोनिया हुन्छ ।
–कहिलेकाहीँ रुघाखोकी नलागी अन्य समस्याका कारण पनि हुन सक्छ ।
– एकपटक निमोनिया भएको छ र पूर्ण रूपमा उपचार भएन भने पटक–पटक दोहोरिन सक्छ ।
– संक्रमित मानिससँगको असुरक्षित संसर्गबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।
– फोक्सोसँग सम्बन्धित समस्या भएकाहरूलाई निमोनियाको उच्च जोखिम हुन्छ ।

रोकथाम

१ धुवाँ–धुलोबाट बच्ने ।
२ रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने ।
३ बच्चालाई निमोनियाको खोप दिने, कुपोषण हुन नदिने ।
४ चिसोबाट जोगाउने, वृद्धलाई सामान्य इन्फेक्सन छ भने वेलैमा उपचार गराउने ।
५ रोगप्रतिरोधी क्षमता कम भएकालाई पनि वेलैमा जाँच गराउने, लामो समय रुघाखोकी निको नभए रगत जाँच गराउने ।
६ चुरोट, बिँडी नखाने, खाने गरेको छ भने बन्द गर्ने ।
७ निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ । बीचमा छोड्यो भने ब्याक्टेरियाको क्षमता औषधिको भन्दा बढ्न गई पुनस् बल्झन सक्छ र सो औषधिले काम नगर्न सक्छ ।
८ रुघाखोकीमा हेलचेक्रयाइँ नगर्ने ।
९ घर बाहिर निस्कदा र भिडभाडमा जादा सधै माक्स प्रयोग गर्ने


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ