२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाको उमेर देखिने हड्डीका समस्याबाट बच्न प्राडा गुरूङ्गका १५ सुझाव

पाको उमेर देखिने हड्डीका समस्याबाट बच्न प्राडा गुरूङ्गका १५ सुझाव


उमेर ढल्किँदै जाँदा हाम्रो शरीरका हड्डी पातलो हुँदै जान्छन् । यो समयमा हर्मन असन्तुलन हुँदै जान्छ, त्यसले मांसपेशी दुखाइ बढ्दै जान्छ । ३०–३५ वर्षको उमेर भएपछि मेरुदण्डको हड्डीको बीचको ‘डिस्क’ कमजोर हुन जान्छ । जुन त्यहाँबाट फुत्किएर बाहिरी ‘स्पाइनल क्यानल’मा आउन सक्छ । जसको कारण, नसा च्यापिई ढाड तथा हातखुट्टामा समस्या हुन सक्छ । ५० वर्ष कटेका मानिसमा हड्डी खिएर पातलो तथा कमलो हुने समस्या बढी हुन्छ । हड्डी कमलो तथा पातलो हुने हुनाले बांगो तथा ढाडको हड्डी च्यापिएर सानो कम्प्रेसन हुने र फुट्ने हुनाले कुप्रोपना हुन्छ । मांसपेशी तथा लिगामेन्ट कमजोर हुने हुनाले ढाड बांगो हुने, मेरुदण्डको हड्डी स्लिप हुन सक्छ । साथै विभिन्न कारणले गर्दा उमेर ढल्किँदा हड्डीमा दीर्घ रोग क्यान्सर पनि देखिन सक्छ ।

ढाड दुख्ने अर्को प्रमुख समस्यामा ढल्किँदो उमेरमा हड्डी खिइँदै जाँदा खिइएको भागमा नयाँ हड्डी पलाउने गर्छ र नसा च्यापिएको हुन सक्छ । मेरुदण्डभित्रको स्पाइनल क्यानल लिगामेन्ट बक्लो हुने तथा सोही ठाउँमा नयाँ हड्डी आउने हुँदा साँघुरो हुन गई नसा च्यापिइने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसलाई ‘स्पाइनल इस्टेनोसिस’ भन्छन् । नसा च्यापिँदा ढाड तथा हातखुट्टामा दुख्ने वा नसा कमजोर भई हिँडडुल गर्न नसकिने पनि हुन सक्छ ।

यी कुरामा विचार गर्नुस्

१ नियमित व्यायाम गर्ने
२ हाडजोर्नीलाई चलायमान बनाइराख्नुपर्छ
३ जति चलायमान भयो, त्यति मान्छे र हड्डी बलियो हुन्छ
४ जति सुस्त भयो, त्यति समस्या बढ्दै जान्छ
५ धुम्रपान, मद्यपान नगर्ने
६ लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खराब गराउँछ
७ बाथ रोग भएकाले चिसोमा जोगिनुपर्छ
८ तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनुपर्छ
९ रक्सी र हाई प्रोटिनयुक्त खाना खानुहुँदैन
१० युरिक एसिड छ भने रातो मासु खानुहुँदैन
११ जोर्नी वा मांसपेशी दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ
१२ सधैँ शरीरलाई चलायमान गराउनुपर्छ
१३ अवस्था अनुसार ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ
१४ मोटोपना बढाउन हुँदैन
१५ खाना प्रोटिनयुक्त खानुपर्छ, तर कार्बोहाइड्रेड र बोसोयुक्त खाना खानुहुँदैन


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ