२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययी हुन् किशोर किशोरीले हरेक दिन खानुपर्ने खानेकुरा

यी हुन् किशोर किशोरीले हरेक दिन खानुपर्ने खानेकुरा


सामान्य अर्थमा पोषिलो खाना भनेको हाम्रो शरीरको सिस्टमहरुलाई चलाउन आवश्यक पर्ने खाना हो । जसमा भिटामिन, प्रोटिन, कार्वोहाइड्रेट पर्छ । पोषिलो खानालाई हामि चारवटा रङबाट चिन्न सक्दछौ । पहिलो रङ खैरो जसमा चनाहरु पर्छ । चनाबाट धेरै मात्रामा प्रोटिनहरु पाउन सकिन्छ । यसका साथै अन्य गेडा गुडि तथा माछामासु पनि लिन सक्छौ ।

त्यस्तै, दोस्रोमा पहेलो रङ लिन सकिन्छ । जसमा मेवा, गाजर लगाएत फलफुलहरु पर्दछ । तेस्रो सेतो रङ हो जसमा भात गहुँ दुध, दहि, घयू, पर्दछ । अर्को रङ हरियो हो । हरियो रङमा एक्दम धेरै साग पात , तरकारि, गोभिहरु पर्दछ । यहि चारवटा रङलाई लिएर हामिले खाना तयार गरेउ भने त्यो नै पोषिलो आहार हो ।

किन चाहिन्छ किशोर किशोरीलाई पोषिलो खानेकुरा ?

सामान्यतयाः १३ देखी १९ बर्ष उमेरसम्मकालाई हामी किशोरकिशोरी भनेर बुझ्द्छौं । यस अवस्थामा किशोरिको महिनावारी सुरु हुन्छ भने किशोरहरुको पनि वैस्क अवस्था सुरुहुन्छ । तसर्थ किशोरावस्थामा शारीरिक तथा मानसिक विकास तीव्र गतिमा हुने । उचाई तथा वजन बढ्ने लगाएतका थुप्रै परिवर्तनहरु आउने हुँदा यस अवस्थामा उमेर अनुसार हुने वृद्धि विकास र सिकाईको लागि पोषणको आवश्कता हुन्छ । बजारमा पाईने खानेकुरा भन्दा स्थानीय स्तरमा नै उपलब्ध हुने खानेकुराहरुबाट घरमा नै बनेका खाना तथा खाजा खानुपर्दछ । यदि किशोर अवस्थतामा पोषिलो खाना प्रयाप्त मात्रामा पाईएन भने पढाई, खेलकुद तथा शारीरिक क्रियाकलापमा राम्रो प्रदर्शन गर्न नसक्ने हुन्छ ।

किशोरकिशोरीहरुले हरेक दिन खानुपर्ने खानाहरु

किशोरकिशोरीहरुले खाद्यान्न, गेडागुडी, सागपात र फलफुल तथा माछामासु अण्डा गरी ४ प्रकारका खाना हरेक दिन खानुपर्छ । शरीरलाई अत्याधिक प्रोटिन चाहिन्छ । त्यसैले दाल, गेडागुडी, माछामासु, अण्डा, दुधदहि, मोही, घ्युजस्ता खानेकुराहरु खानुपर्छ । ढीडो, मकैको च्याँख्ला, भात, रोटी, चिउरा मकै जस्ता अन्नले शरिरलाई चाहिने शक्ति दिन्छन्। साथै पानी लाई पनि बिर्शनु हुदैन । यसका साथै हामिले शरीरमा पानीको कमीले हुन सक्ने विभिन्न असरबाट बच्न प्रर्याप्तमात्रामा पानी पिउनु पनि उत्तिकै आबश्यक छ ।

अण्डामा शरीरलाई चाहिने धेरै पोषकतत्वहरु हुन्छन्। अण्डा किन्न सस्तो र बनाएर खान सजिलो पनि छ । त्यसैले अण्डा नियमित खानेगर्दा शरीरलाई चाहिने धेरै पोषकतत्व प्राप्त हुन्छ । महिनावारीको बेला शरीरलाई अरु बेलाको भन्दा अझ धेरै पोषणयुक्त खाना चाहिन्छ । त्यसैले यस बेला, अरुबेला भन्दा अझ धेरै पाेिषलो खानपानमा ध्यान दिनुपर्छ । महिनावारी सबै महिलाहरुलाई हुने जैविक प्रक्रिया भएकोले कुनै पनि खाना बार्नुपर्दैन । खानेकुरा सफा, स्वच्छ, स्वस्थ्यकर र सहि ढंगबाट बनाईएको हुनपर्दछ ।

ओसिएको, ढुसि लागेको, कुहिएको वा गन्हाएको, झिंगा भन्किएको, नछोपी राखिएको, बासी, अखाद्य रंग मिसाएको तथा खान अयोग्य खानेकुराहरु खानु, खुवाउनु हुँदैन । खाना बनाउनु र खानु अगाडी सधैं साबुन पानीले मिचिमिची हात धुनुपर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ