२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यअकुपन्चरिस्ट सुदर्शन बस्नेत : कम्मर दुखाइबाट छुट्कारा पाउने ५ आशन

अकुपन्चरिस्ट सुदर्शन बस्नेत : कम्मर दुखाइबाट छुट्कारा पाउने ५ आशन


कोभिड-१९ को महामारी बढेसँगै संक्रमणको जोखिम मानिएका स्थानमा निषेधाज्ञा लगाइएको छ। यस्तोमा कम्मर दुख्ने, नशा च्यापिएका बिरामी, हड्डी खिइने समस्या भएका बिरामीहरुलाई झनै समस्या हुनसक्छ।

अहिलेको अवस्थामा अस्पताल पनि जान त्यति सुरक्षित मानिदैन्। यस्तो अवस्थामा घरमै केही सर्तकता अपनाएमा दुखाइ कम गर्न सकिने अकुपचारिस्ट सुदर्शन बस्नेत बताउँछन्।

अकुपचरिस्ट सुदर्शन बस्नेतका अनुसार यी कुरामा ध्यान दिए घरमै पनि दुखाइबाट छुट्कारा पाउन सकिन्छ।

एकै आसनमा लामो समयसम्म नबस्ने

घरमा बस्दा एकै स्थानमा एकै आशनमा धेरै बस्दा पनि कम्मरको दुखाइ झनै बढ्ने गर्छ। लामो समयसम्म पलेटी कसेर पनि बस्नु हुँदैन्।

धेरै समय नसुत्ने

काम छैन भनेर धेरै सुत्न हुँदैन्। यसले मांशपेसीहरु कडा भएर जान्छ। नियमित समयमा उठ्ने गर्नुपर्छ।

सकेसम्म आधा घण्टा हिडडुल गर्ने

सम्भव भएसम्म सामाजिक दूरी कायम गरेर दैनिक २० देखि ३० मिनेटसम्म घर बाहिर हिड्डुल गर्नुपर्छ। त्यो सम्भव नभए घरभित्र नै २० मिनेट जति हिडने गर्नुपर्छ। यसले दुखाइ कम गर्छ।

लामो समयसम्म उभिएर नबस्ने

धेरै समयसम्म खाना पकाउने गर्दा पनि दुखाइ बढ्नु पर्छ। अहिले निषेधाज्ञामा सबै घरमा नै हुँदा धेरै परिकारहरु प्रायको घरमा बन्ने गर्छ। सो समयमा लामो समयसम्म बसिरहँदा कम्मरमा असर गर्छ। त्यसको सामाधानको लागि बेल्ट वा पटुकाको प्रयोग गर्नुपर्छ। धेरै समयसम्म उभिएर बस्न हुँदैन।

धेरै समयसम्म घोप्टो परेर नबस्ने

सिधा झुकेर बस्नु हुँदैन। टिभी, ल्यापटप चलाउँदा घोप्टो पर्ने गरिन्छ। त्यसरी धेरै समयसम्म घोप्टो परिराख्नु हुँदैन्। अहिले प्राय: कर्मचारीहरुले वर्क फर्म होम अर्थात घरमै बसेर ल्यापटपमार्फत अफिसको काम गरिरहेका हुन्छन्।

यस्तो गर्दा घोप्टो पर्दा झनै दुखाइ बढ्छ। यसको समाधानका लागि घरमै अफिसको जस्तो सेटअप बनाउने र अहिले बेडमै पनि सानो टेबल राखेर सिधा कम्मर बनाएर काम गर्न सकिन्छ।

नियमित शारीरिक व्यायम गर्नु आवश्यक

दुखाइबाट छुट्कारा पाउनको लागि नियमित शारीरिक व्यायाम मिलाएर गर्न सक्नुपर्छ। नशा च्यापिएको, कम्मर दुख्ने र हड्डी खिइने समस्या भएका मानिसले नियमित व्यायाम नगर्दा झनै समस्या हुने गर्छ।

निषेधाज्ञाले गर्दा धेरैको थेरापी छुट्ने, ब्यायामहरु सेन्टरमै गएर गर्न सम्भव हुँदैन्। त्यसैले घरमै सकेको व्यायाम गर्ने, दुखाइ कम गर्ने मलम, तेल लगाएर अलि-अलि मालिस गर्ने, तातोपानीमा रुमाल भिजाएर सेक्ने गर्दा मांसपेशीलाई आराम दिने काम गर्छ। र पीडा स्वत: कम हुन्छ। त्यसैले सकेसम्म नियमित शारीरिक व्यायाम गर्नु आवश्यक छ।

नियमित फिजियोथेरापिस्टको सुझावअनुसार व्यायाम गर्नुपर्दछ। हामीले पनि यहाँ कम्मरबाट दुखाइबाट छुटाकारा पाउने केही व्यायामका आशनहरू  प्रस्तुत गरेका छौं।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ