२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपोष्ट कोभिड सिन्ड्रोम के हो ? कसरी गर्न सकिन्छ उपचार ?

पोष्ट कोभिड सिन्ड्रोम के हो ? कसरी गर्न सकिन्छ उपचार ?


पोस्ट कोभिड–१९ सिन्ड्रोम भनेको जुनसुकै व्यक्तिलाई कोभिड–१९ पुष्टि भएर पुनः पिसिआर नेगेटिभ भएपछि देखिने लक्षणहरु हुन् । कोभिड पिसिआर नेगेटिभ भएपछि वा अस्पतालबाट डिस्चार्ज भएर घरमा आएपछि केही हप्तादेखि केही महिनासम्म विभिन्न स्वास्थ्य समस्या देखिन्छन्, जसलाई पोस्ट कोभिड सिन्ड्रोम भन्न सक्छौं ।

कोभिड सिन्ड्रोमका लक्षणहरु

१. छाती सम्बन्धि : श्वास फेर्न गाह्रो हुने, अलिकति हिड्ने बितिकै श्वास फेर्न गाह्रो हुने समस्या देखिन्छ ।

२. मुटु सम्बन्धि : मुटुको चाल बढ्ने । छाती दुख्ने पनि हुनसक्छ । कोभिड भैसकेको केही मानिसमा हृदयघातको समस्या पनि बढी देखिएको छ ।

३. मानसिक सम्बन्धिः कोभिड–१९ संक्रमण भएर ठिक भएका संक्रमितमा टाउको दुख्ने, मनमा धेरै कुरा खेल्ने, डर पैदा हुने, एनजाइटी र डिप्रेशनजस्ता समस्या देखा पर्ने, निन्द्रा नलाग्नेजस्ता समस्याहरु पनि देखिन्छन् ।

४. प्यारालाइसीसका लक्षण बढ्न सक्छन् ।

५. मांसपेशी कमजोर हुने, चाडै बिर्सिने हुन्छ ।

६. शरीर कमजोर हुने, छिटो थाक्ने, जोर्नीहरू दुख्ने

७. पेटसम्बन्धि समस्या ग्यास्ट्रिक हुने, पखाला लगाउन सक्ने

पोष्ट कोभिड सिन्ड्रोमबाट कसरी बच्ने ?

१. कोभिड–१९ लाग्न नदिने नै सबैभन्दा महत्वपूर्ण उपाय

२. सामाजिक दूरी पालना गर्ने

३. राम्ररी मास्कको प्रयोग गर्ने

४. जथाभावी भिडभाडमा नजाने

५. पटक–पटक हात धुने

६. जनस्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने

कोभिड–१९ को संक्रमण नै भइसकेपछि देखिने समस्याका लागि भने उपचार नै गर्नुपर्ने हुन्छ । छातीमा संक्रमण, निमोनिया, स्वास फेर्न ग्राहो हुने पनि हुन्छ । कतिपयमा लामो अवधिको लागि अक्सिजन चाहिनेजस्ता समस्या देखिन्छन् ।

कोभिड–१९ संक्रमणपछि केहीमा मुटुको समस्या पनि देखिएको छ । केहीलाई हृदयघात भएको केस पनि छन् । मुटुलाई सुन्नाउने, चालमा असन्तुलन हुने र कति केस प्यारालाइसीस पनि देखिएको छ ।

कसै–कसैलाई नसाभित्रै रगत जम्ने समस्या देखिएको छ । जिउ दुख्ने, झम्झमाउने, थाक्ने, आलस्य हुनेजस्ता समस्या पनि केहीलाई देखिएका छन् ।

कोभिड लागि हालेमा के गर्ने ?

१. रुघाखोकी, ज्वरो आएमा सामान्य ज्वरो र रुघाखोकी हो, कोभिड होइन् भनेर नबस्ने । यसलाई कोभिड नै मानेर परीक्षण गराउने जसले गर्दा छिटो पत्ता लगाएर छिटो ठिक पार्न सकिन्छ । यसले गम्भीर हुनबाट जोगिन सकिन्छ ।

२. स्वास्थ्यकर्मीको सम्पर्कमा बसिरहने ।

३. पोस्ट कोभिड हुने सम्भावना सबैमा हुन्छ भने छैन । यदि भैहालेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने । धेरै समस्या आएमा प्रत्यक्ष यसको निश्चित उपचार त छैन । तर, यसको लागि सहायक उपचार थेरापी गर्न सकिन्छ ।

छातीमा समस्या देखिएमा लामो–लामो र गहिरो श्वास फेर्ने यसले फोक्सो फुलाउन मद्दत गर्छ । घोप्टो परेर सुत्दा पनि श्वास प्रश्वासमा सहजता आउँछ ।

इनिसिएटीभ स्पाइरोमिटर हुन्छ । यसमा हरियो र पहेलो बल हुन्छ । यसको प्रयोगले पनि छातीको खराबीलाई सुधार गर्न सकिन्छ ।
पोस्ट कोभिड हुँदा निमोनियाबाट बच्न यसविरुद्धको खोप लगाउन सकिन्छ ।

कोभिड–१९ को संक्रमणका कारण मुटुमा समस्या देखियो भने मुटुका चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ ।

मानसिक समस्या देखिएका व्यक्तिले मनोचिकित्सकलाई सम्पर्क गर्नु आवश्यक हुन्छ ।

शरीर दुख्ने र पेटसम्बन्धि समस्या देखिएकाले सन्तुलित भोजन खाने, शारीरिक व्ययाम गर्ने गर्नुपर्छ ।

शरीर कटकट खाने समस्या भएकाले पनि एकपटक सम्बन्धित चिकित्सकलाई भेटेर सल्लाह लिँदा उचित हुन्छ । कसैलाई कलेजो सुन्निने समस्या पनि पाइएको छ । त्यसका लागि लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ