२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ?

भिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ?


ब्ल्याक फंगस एउटा ढुसीबाट हुने रोग हो । यो ढुसी सडेगलेको खानेकुरा र ओसिएको ठाउँमा पाइने डुसी हो । शरीरमा प्रतिरोध क्षमता बलियो हुँदा यसले खासै असर गर्न सक्दैन् । तर, कुनै रोगहरु वा कुनै औषधीको प्रयोगले गर्दा शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर हुँदा यो ढुसी शरीरमा प्रवेश गरेर हानी गर्दछ ।

यो श्वास लिँदा नाकबाट शरीरमा प्रवेश गर्न सक्छ । र, घाउ चोट लाग्दा पनि शरीरमा पस्ने सम्भावना हुन्छ । नाक हुँदै आँखा हुँदै दिमागमा समेत पुग्छ । धेरै असर गरेमा ज्यान नै जाने समेत हुनसक्छ ।

‘स्टोरोइड’ औषधी प्रयोग गर्दा हुने साइड इफेक्ट भनेको शरीरको प्रतिरोधात्मक क्षमता कम गराउँछ । र, यो रोग पनि प्रतिरोध क्षमता कमजोर हुनेहरुलाई नै लाग्ने गर्छ । कोभिड—१९ ले गर्दा पनि शरीर कमजोर हुने गर्छ । संक्रमितलाई पनि सो औषधी प्रयोग गर्न दिइन्छ । जसले गर्दा डुसी लाग्ने सम्भावना हुनसक्छ ।

मधुमेहका रोग भएकाहरुमा र शरीरमा तनाव हुँदा पनि यसको संक्रमण हुन सक्छ ।

यसका लक्षणहरु

यसले आँखालाई पनि धेरै असर पार्छ । आँखा चलाउन नसकिने, आँखा बहिरा आउने, रातो हुने, ढकनी तल झर्ने र धेरै नै बिगार गर्दा आँखाको दृष्टि नै जाने खतरा हुन्छ ।

एकपट्टीको ठाउँको दुख्ने, नशा सम्बन्धि समस्या देखिने पनि हुन्छ । यस्तै, नाक सुख्खा हुने नाकबाट रगत मिसिएको र कालो सिगान आउने समस्या पनि यसका लक्षण हुन् ।

ब्ल्याक फंगसबाट बच्न के गर्ने ?

  • वातावरण सफा र सुक्खा राख्ने
  • हावाबाट सर्ने हुँदा मास्कको प्रयोग गर्ने
  • कोभिड लागेका सुगरका बिरामीले रेगुलर चेक अप गराउने
  • ब्ल्यांक फंगसको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गर्ने
  • अक्सिजन लिने व्यक्तिको अक्सिजन पाइप रेगुलेटर सफा राख्ने
  • स्टोरोइड औषधी चिकित्सकको सुझावमा मात्र लिने

ब्ल्याक फंगसको उपचार कसरी गर्ने ?

एउटा औषधी र अर्का सर्जरीबाट गर्न सकिन्छ । ढुसी देखिएका बिरामीले ‘एन्थोटेसन बी’ दिइन्छ । र, सर्जरीमा भने ढुसी जुन भागमा देखिएको छ त्योअनुसार भाग काटेर फाल्दा ठिक हुने हुन्छ ।

नाकमा मात्रै सिमित हुँदा औषधी पश्चात यसको निको हुने दर भने ८० प्रतिशत छ । आँखामा मात्रै सिमित छ भने उपचारपछि ६० प्रतिशत जति ठिक हुने सम्भावना हुन्छ । तर, दिमागमा पुगेको छ भने चाहिँ २० देखि ३० प्रतिशतलाई मात्र बचाउन सकिन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)