२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदशैंमा वृद्धवृद्धाले के खाने, कति खाने ?

दशैंमा वृद्धवृद्धाले के खाने, कति खाने ?


दशैंलाई नेपालीको महान् पर्वको रुपमा लिइन्छ । यसलाई  प्रायजसो धेरैले परिवारिक जमघटमा रमाई मिठो खाना खाने चाडपर्वको रुपमा पनि लिइन्छ । तसर्थ यसलाई मनाउने क्रममा, प्रायजसोः सबैको भान्छामा अन्य समयको तुलनामा यस समयमा मसालेदार परिकार तथा बढी मात्रामा मासुका परिकारहरु पाक्ने गर्दछ ।

उक्त परिकार अन्य उमेर समूहका ब्यक्तिहरुले सजिलै पचाउन सकेता पनि पाचन शक्ति कम हुने भएकोले वृद्धवृद्धाहरुले भने  पचाउन नसक्ने हुन्छ । फलस्वरुपः उनीहरुमा खाना अपच हुने, ग्यास्ट्रिक हुने, झाडाबान्ता हुने तथा पेट दुख्नेजस्ता समस्याहरु देखा पर्ने हुन्छ । त्यसैले यस्ता समस्याहरु नआओस् भन्नका लागि, हामीले अन्य समयमा जस्तै चाडबाडमा पनि उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्दछ ।

वृद्धवृद्धाको खानपिनमा ध्यान दिनुपर्छ भन्नुको अर्थ उनीहरुलाई भान्छामा बनेका कुनै पनि चिल्लो, पिरो तथा मसालेदार खानाहरु खुवाउनु हुदैन भन्ने होइन । यी खाद्य पदार्थहरु पनि स्वास्थ्यको प्रकृति अनुसार आवश्यक पर्ने भएकोले शरीरको आवश्यकता अनुसार उनीहरुको खानामा उक्त परिकारहरु पनि समावेश गर्न सकिन्छ ।

वृद्धवृद्धाले खानपिनमा ध्यान दिनुपर्ने कुराहरु

चाडबाडमा व्यस्तता बढी हुने भएकाले घरमा वृद्धवृद्धाको निम्ति भनेर छुट्टै खाना पाक्न तथा पकाउन असम्भव जस्तै हुने हुन्छ । तर, हामीले भान्सामा पाकेको खानाको सन्तुलन मिलाएर दिन सकेमा उनीहरुले पनि सो खानाहरु खान सक्छन् र पचाउन पनि सक्ने हुन्छ ।

तसर्थ, यसका लागि हामीले उनीहरुको स्वास्थ क्षमता तथा पाचन शक्ति अनुसार सोही किसिमको खानाहरु खुवाउनु पर्दछ । माथि भने झैं वृद्धवृद्धाहरुले चिल्लो तथा मसालदार खाना खादै खानु हुन्न भन्ने गलत धारणा मात्र हो । आवश्यकभन्दा बढी खाना खाएको खण्डमा यसले वृद्धवृद्धाहरुलाई मात्र नभई अन्य उमेर समूहलाई पनि असर गर्ने हुन्छ ।

त्यसैले, खानाको सन्तुलन मिलाएर खानाले यसले जुनसुकै उमेर समूहलाई फाइदा समेत गर्ने हुन्छ । विशेष गरेर वृद्धवृद्धा उमेर समूहको कुरा गर्नुपदा, दशैं तिहारजस्ता चाडपर्वमा निम्न उपायहरुद्धारा उनीहरुको खानामा ध्यान पु¥याउन सकिन्छ :

  • शरीरमा अन्य रोग भए वा नभएको निक्यौल गरी सोही अनुसार खाना खान दिने ।
  • ब्यक्तिको शरीरमा ब्लड प्रेसर, सुगर तथा कोलेस्टोरजस्ता अन्य रोग छ भने सोही अनुसार खानामा आवश्यक डाइट प्रदान गरिनुपर्छ ।
  • सुगर भएकालाई मैदाबाट बनेका परिकारहरु कम खान दिने, यस्तै कोलेस्टोर भएका बिरामीलाई दुधजन्य परिकार र प्रेसर भएका ब्यक्तिहरुलाई अचार तथा मसालेदार खानाहरुको सकेसम्म कम प्रयोग गर्न दिनुपर्छ ।
  • माछा मासुको प्रयोग पनि शरीरको क्षमता तथा पाचन शक्ति अनुसार मात्रै गर्न दिने ।
  • फलफूल तथा सागसब्जीको प्रयोग बढी मात्रामा गराउने ।
  • प्रशस्त पानी पिउन दिने ।
  • एकैचोटी भन्दा पटक पटकमा थोरै थोरै गरेर खान दिने ।
  • खाना सँगसँगै शारीरिक कसरत र व्यायाममा पनि उत्तिकै ध्यान दिने । यसो गर्दा शरीरले खाना पचाउन सक्ने शक्ति प्राप्त गर्ने हुन्छ ।

यसबाहेक, खानपिनमा उचित ध्यान दिदा दिदै पनि कहिलेकाँही शरीरमा खाना अपच हुने तथा यसबाट विभिन्न समस्याहरु देखा पर्ने हुन्छ । यसका निमित्त खानाको मात्रा घटाई पानीको सेवन उचित रुपमा गरी शारीरिक व्यायाममा पनि विशेष ध्यान दिनुपर्छ । र, यस्ता घरेलु उपायहरुद्धारा पनि शरीरमा समस्या रहेको खण्डमा तुरुन्त डाक्टरको परामर्श लिइ सल्लाह अनुसार खाना पचाउने इन्जायमयुक्त औषधिहरुको प्रयोग पनि गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ