२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : पाठेघरबाट किन बग्छ सेतो पानी ? पाठेघरको मुखको क्यान्सरबाट बच्ने तीन उपाय

भिडियो रिपोर्ट : पाठेघरबाट किन बग्छ सेतो पानी ? पाठेघरको मुखको क्यान्सरबाट बच्ने तीन उपाय


सामान्य सेतो पानी बग्नु सामान्य हो । मुखबाट थुक आएजस्तै र आँखाबाट आँशु आएजस्तै भजाइनामा अलिअलि पानी आउनु सामान्य कुरा हो । तर, त्यो गन्हाउनु हुँदैन्, त्यसले पोल्नु हुँदैन र त्यसले चिलाउनु हुँदैन ।

यो भेजीनाइटिस भन्ने इन्फेक्सनका कारणले हुन्छ । यो तीन खालको जीवाणुबाट हुन्छ । ब्याक्टेरिया, प्रोटोजोआ र अर्को फंगस । यो तीन खालको हुन्छ तर उपचार गर्दा तीनै खालको कभर हुने गरी गर्नुपर्ने हुन्छ । किनभने, कुन खालको हो भनेर छुट्याउन पनि कहिलेकाही गाह्रो हुन्छ ।

अर्को सेतो पानी बग्ने भनेको महिनावारी भएको १२, १३, १४, १५, १६ दिनमा सिगानजस्तो पानी अलि धेरै बग्छ, त्यो सामान्य हो । अर्को पाठेघरको मुखमा कुनै ट्युमर छ, कुनै क्यान्सर वा कुनै खराबी छ भनेपनि सेतो पानी बग्छ ।

त्यसकारण वर्षमा एकचोटी सुविधा भएसम्म पाठेघरको मुखको पानीको जाँच गराउनुपर्छ । जहाँ पाठेघरको मुखको पानीको जाँच गर्न सकिदैन्, त्यहाँ तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत पाठेघरको मुखको जाँच गराउनुपर्छ ।

कति जिल्लामा भिआईए (भिजुअल इन्पेक्सन वीथ एसिटिक एसिड) भन्ने टेष्ट पनि हुन्छ, त्यसबाट पनि कुनै नराम्रो कुरा छ भने पत्ता लगाउन सकिन्छ । यो पनि अहिले देशभर उपलब्ध हुन सकेको छैन । त्यसकारण पाठेघरको मुखको क्यान्सर अहिले पनि उच्च छ ।

पाठेघरको मुखको क्यान्सबाट कसरी बच्ने ?

तीन वटा कुरा गरेमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । एउटा ९ वर्षदेखि १४ वर्षको उमेरसम्ममा खोप लगाउने । अहिले त्यो खोप उपलब्ध छैन्, सन् २०३३ सम्म आइपुग्छ होला । यो ह्युमन प्यापीलोमा भाइरस विरुद्धको खोप हो ।

दोस्रो पाठेघरको मुखको पानीको जाँच गराउने । तीस वर्ष कटेपछि कम्तिमा पनि तीन वर्षको एकचोटी सुविधा छ भने वर्षको एकचोटी पाठेघरको पानीको जाँच गराएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

अर्को भनेको भीआईए (भिजुअल इन्पेक्सन वीथ एसिटिक एसिड) टेष्ट । बढीभन्दा बढी स्वास्थ्यकर्मीहरुलाई भीआईए गर्न सकिने भिजुअल इन्पेक्सन वीथ एसिटिक एसिड हेर्न सक्ने हामीले बनाउन सकियो भने दूरदराजमा पनि यो उपचार गर्न सम्भव छ । यो कुरा नगरुन्जेलसम्म महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट मरिरहनुपर्ने बाध्यता रहिरन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ