२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन गन्हाउँछ मानिसको श्वास ?

किन गन्हाउँछ मानिसको श्वास ?


मान्छेको व्यक्तित्वको उसको बाहिरी लवाई खवाईले मात्र नभई उसको स्वस्थ्य जीवनशैलीबाट पनि झल्किने गर्छ । हामीमध्ये धेरैले याद गरेका हुनुपर्छ, कुनै व्यक्ति हेर्दा जति स्मार्ट देखिन्छ, यदि उसको स्वास्थ्य स्थिति स्वस्थ्य नभएको खण्डमा उसको व्यक्तित्व असहज र असामान्य नै देखिन्छ ।

अझ कुनै पनि व्यक्ति नजिक आउँदा यदि उसको श्वास गन्हाएको छ भने हामी त्यो व्यक्तिको सकेसम्म हाम्रो नजिक नपरोस भन्ने चाहन्छौं । त्यस्ता ब्यक्तिहरुबाट सकेसम्म टाढा नै बस्न रुचाउँछाैं । व्यक्तिको व्यक्तिगत जीवनमा नै आँच ल्याउने श्वास गन्हाउने समस्याका कारण के हो ? यसका निर्मूलनका उपायहरु के हुन सक्छन् ?

श्वास गन्हाउनुका कारणहरु

  • दाँत किराले खाएमा
  • गिजाको इन्फेक्शन
  • मुखमा घाउ आएमा
  • मुखमा रहेका विभिन्न भागहरु इन्फेक्शन भएमा
  • टन्सिलका कारण
  • पिनासका कारण
  • ग्यास्ट्रिकका कारण
  • धुम्रपान तथा अन्य लागू औषधहरुको प्रयोग ।

उपचार

सबै व्यक्तिको श्वास गन्हाउनुको पछाडि एकै किसिमको ठोस कारण हुन सक्दैन् । अर्थात, व्यक्तिको श्वास गन्हाउनुमा व्यक्तिपिच्छे यसका धेरै कारणहरु हुन सक्दछन् ।

तसर्थ के कारणले गर्दा श्वास गन्हाएको हो भनी पत्ता लगाई उक्त समस्याको उपचार गरेको खण्डमा नै यो समस्याको निर्मूलन गर्न सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ