२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो फुड पोइजनिङ ? कसरी बच्ने ?

के हो फुड पोइजनिङ ? कसरी बच्ने ?


डा.केदार सेञ्चुरी
निर्देशक, वीर अस्पताल

दूषित खानाको सेवनले लाग्ने रोग नै फुड पोइजनिङ हो । विभिन्न व्याक्टेरिया र फंगसका कारण खाना कन्टामिनेट (दूषित) हुने गर्छ ।

अन्डा, माछामासु तथा तरकारी राम्रोसँग नपकाइ खानुहुँदैन । फलफूल तथा तरकारी राम्रोसँग नपखाली खाँदा समेत पोइजनिङको उच्च जोखिम हुन्छ । विभिन्न केमिकल प्रयोग गरिएको ड्रिंक्स तथा मिठाइ पनि सकेसम्म नखानु राम्रो हुन्छ । लामो समयसम्म बाहिर राखेको दुग्धजन्य पदार्थहरूको प्रयोग गर्दा पनि पोइजनिङ हुनसक्छ ।

इनार, कुवा तथा खोलाको पानी प्रशोधन नगरी प्रयोग गरेमा पनि पोइजनिङ हुने सम्भावना हुन्छ ।

कस्ता लक्षणहरु देखापर्छ ?

प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारका आधारमा यसको लक्षण देखिन्छ । यसका लक्षणहरू आधा घण्टाभित्र वा विस्तारै केही दिन देखि केहि हप्तामा समेत देखिन सक्छ । वाकवाक लाग्ने, बान्ता हुने, बारबार दिसा लाग्ने, पेट दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ ।

उपचार कसरी गर्ने ?

प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ । के कारणले पोइजनिङ भएको हो त्यही अनुसार उपचार गर्नुपर्छ । उपचारको मुख्य उद्देश्य भने शरीरमा पानीको मात्रा कम हुन नदिनु हो । विरामीलाई जल विनियोजन भएको छ भने सलाइन चढाउनुपर्छ ।
दिसा लागुन्जेल ठोस खानेकुराहरू खानुहुँदैन । दूग्धजन्य पदार्थबाहेक अन्य तरल पदार्थ प्रशस्त पिउनुपर्छ । यदि च्याउ जस्ता विषादी खानेकुरा खाएकाले पोइजनिङ भएको हो भने तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ