२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यथकान मेटाउने १० खानाहरु

थकान मेटाउने १० खानाहरु


व्यस्त जीवनशैलीको दौरानमा कहिलेकाहीँ हामीलाई अति नै थकानको महसुस हुने गर्दछ । कतिपय अवस्थामा हामीले दिनहुँ गरिरहने कामभन्दा बढी काम गरेमा, गह्रौ सामान उचालेमा वा शरीरलाई प्रेसर पर्ने काम गरेको खण्डमा शरीरले थकानको महसुस गर्ने गर्दछ । तर, कहिलेकाहीँ समानान्तर कामको बाबजुद पनि शरीरले थकान महसुस गर्दछ । यस्तो थकानको महशुस भएमा हामीले घरकै खानाहरुबाट थकान मेटाउन सक्छौं ।

१. हरियो पात भएका तरकारी
हरियापात समेत खान मिल्ने तरकारीहरुमा हुने पर्याप्त न्युट्रिशनका कारण यसले शरीरको दुखाइ तथा थकानलाई कम गर्न मद्धत गर्दछ । काउली, ब्रोकाउली, बन्दाजस्ता तरकारीहरुमा शरीरको दुखाइ तथा थकान कम गराउने गुण पाइन्छ ।

२. कटेज चीज
कटेज चीजमा पाइने दुई प्रोटिनमध्ये कसेन नामक प्रोटिनले शरीरको मांसपेशीहरुलाई रिकभर गर्नको निम्ति मद्धत गर्दछ । शरीरको मांसपेशीहरुमा थकान भएमा यसले सहज बनाउँछ । कटेज चीजको प्रयोग गरेमा यसमा रहेको कसेन प्रोटिनले हाम्रो शरीर निष्क्रिय रहेको समय अर्थात् हामी सुतिरहेको समयमा पनि काम गर्दछ ।

३. सालमोन माछा
सालमोन माछालाई विशेष गरेर डाइटको रुपमा लिइन्छ । यसले शरीरमा उर्जा प्रदान गर्न र मांसपेशीहरुलाई पुनः उही रुपमा सक्रिय बनाउन मद्धत गर्दछ ।

४. फरमेन्टेड फुड
‘फरमेन्टेड फुड’ भन्नाले कुहाएर बनाउने खाना भन्ने बुझिन्छ । सुकुटी, गुन्द्रुक, सिन्की तथा दहीजस्ता आदि खानाहरुलाई ‘फरमेन्टेड फुड’ भनिन्छ । यी खानाहरुको प्रयोगले पनि शरीरको मांसपेशीहरुमा उर्जा प्रदान गरी थकान तथा दुखाइलाई चाडोभन्दा चाडो निको गर्नमा सहयोग पु¥याउँछ ।

५. टार्ट चेरी
‘टार्ट चेरी’ अर्थात् तीखो वा चुच्चे चेरीमा पाइने रसले पनि शरीरमा उर्जा प्रदान गर्दछ । यसले थकान र दुखाइलाई कम गर्छ नै यसबाहेक पनि यो शरीरको निमित्त अत्यन्त उपयोगी मानिन्छ ।

६. अण्डा
जब कुरा रिकभरीको कुरा आउँछ, त्यसबेला अण्डा सबैभन्दा भुल्न नहुने खाना हो । दुध पछिको दोस्रो प्रोटिनको स्रोत रहेको अण्डाले शरीरको कुनै पनि थकान कम गराउनुका साथै शरीरमा लागेको चोटपटकको निको हुनमा पनि उत्तिकै मद्धत गर्दछ ।

७. मेन्युका हनी
‘मेनुका हनी’ भन्नाले साधारण महभन्दा बाक्लो मह भन्ने बुझिन्छ । यसले शरीरमा भएको पीडालाई कम गराउनमा अहम् भुमिका खेल्दछ । शरीरमा दुखाइ भएको कुनै पनि भाग सुन्निएको छ भने यसले मालिस गर्दा आराम मिल्छ ।

८. दालचिनी
शरीरको रिकभरको निम्ति अर्काे उपयुक्त खानामध्ये दालचिनी पनि एक हो । यसले शरीरमा भएको रगतमा चिनीको मात्रा बढाउन मद्धत गर्दछ । शरीरको मांसपेशीको क्षमतामा पुनः वृद्धि विकास गर्दछ ।

९. ड्राई फुड
‘ड्राई फुड’ भन्नाले किसमिस, काजु तथा देशी बदामहरुको मिश्रण भन्ने बुझिन्छ । उक्त फुडमा पाइने विभिन्न प्रोटिनले छिटो भन्दा छिटो शरीरको पीडा कम गर्नमा मद्धत गर्दछ ।

१०. बेसार
सबैको घरमा सरलै पाइने र उपयुक्त मसलाको रुपमा बेसारलाई लिइन्छ । यसले शरीरको सुन्निएको र हानी भएको पक्षको सुधारमा मद्धत पु¥याउँछ । यसमा पाइने प्रोटिनले शरीरको हानी भएको पक्षको एक किसिमले मर्मत नै गर्ने गर्छ ।

वेलनेस विनबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ