२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यखाना खाएपछि केहीलाई किन पेट दुःख्छ ?

खाना खाएपछि केहीलाई किन पेट दुःख्छ ?


केही व्यक्तिलाई खाना खाएपछि बेस्सरी पेट चस्कन्छ वा दुख्छ । सामान्यतयाः प्रोटिनको मात्रा बढी, खाना सम्बन्धि एलर्जी, संक्रमण, अल्सरलगायत पेटसम्बन्धी रोग हुने व्यक्तिलाई खानेकुरा खाएपछि पेट चस्किन्छ । ग्यास्ट्रिक र अल्सरका समस्या हुने मानिसलाई पनि खाने बित्तिकै पेट दुःख्छ ।

प्रोटिन र कार्बोहाइड्रेडयुक्त खानेकुराः गहुँ, कोदो, जौलगायतका कार्बोहाइड्रेड र प्रोटिन बढी हुने खानेकुरा खाने बित्तिकै हाम्रो पेट दुख्न सक्छ । तर, यी खानेकुराले पेटमा केही समय मात्र सम्स्या गर्छन् । खाएको एक डेढ घन्टापछि आफै निको हुन्छ । खाने कुरा खाएपछि पेट दुख्नुको अतिरिक्त पखला, कब्जियत हुने, वान्ता आउनेलगायतका समस्या हुन्छन् । त्यस्तै कसैलाई दुधजन्य खाने कुरा खाएपछि पेट दुख्छ । दुध, चीज, दही वा आइसक्रिम खाँदा आन्दाले पचाउन सक्दैन् । तसर्थ यी खाने कुरा धेरै खाँदा पनि पेट चस्किन्छ । दुधमा पाइने गुलियो पदार्थ ल्याक्टोले पनि पेट दुख्छ ।

खानेकुराको एलर्जीः केही खानेकुराले पेटमा एलर्जी गराउने भएकोले पनि पेट दुख्छ । खानेकुरा खाएपछि आखा रातो हुने, श्वास फेर्न कठिनाई, जिब्रो ओठ र घाँटी सुनिने, रक्तचाप घट्ने, छाती दुख्नु फुड एलर्जीका लक्षण हुन । बदाम, दुध, माछाले फुुड एलर्जी गर्न सक्छ ।

फुड पोइजनिङ संक्रमित र व्याक्टेरियायुक्त खानाले फुड पोइजनिङ बनाउँछ । पेट दुख्ने, वान्ता आउने, पखला लाग्ने, डिहाइड्रेसन र ज्वरो फुड पोइजनिङका लक्षण हुन् । राम्रोसँग नपाकेको खानेकुरा वा संक्रमित पानीले फुड पोइजनिङ गराउँछ । नपाकेको खानेकुरा विशेषगरी दही, मासु, काँचो सब्जी, फलफुल, जुस तथा निर्मलीकरण नगरेको दुधमा इकोली व्याक्टेरिया हुन्छ जसका कारण पेट दुख्छ ।

ग्यास्ट्रिकः ग्यास्ट्रिकको समस्या हुने मानिसलाई पनि खानेकुरा खानेबित्तिकै पेट दुख्छ । ग्यास्ट्रिकले तल्लो छाती र माथिल्लो पेट दुख्छ । चिल्लोयुक्त खानेकुरा खाँदा यस्ता बिरामीको पेट चस्कन्छ । पेट र भोजन नलीलाई जोड्ने भल्भ कमजोर हुँदा ग्यास्टिक हुन्छ । भल्म कमजोर हुँदा पेटको एसिड माथि धकेलिने र मुखबाट अमिलो पानी आउँछ ।

अल्सरः पेटको अल्सरका कारण हामीले खानेकुरा खानेबित्तिकै पेट दुख्छ । यो दुखाइ लामो समयसम्म र कहिलेकाहीं त रातभर पनि हुन्छ । अल्सर हुँदा पेटको आन्द्रा सुनिने र गाँठा पर्छ । खानेकुराले आन्द्रालाई दबाब दिदा स्वत पेट दुख्छ । एच पोलोरि व्याक्टेरिया, सूर्ती सेबन, अत्यधिक मदिरा सेवन, कब्जियत, आदिका कारण अल्सर हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ