२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?

जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?


जाडो महिनामा चिसोले गर्दा सामान्य रुघाखोकी प्रायः धेरैलाई हुने गर्छ । बाहिरको हावामा मोइस्चर कम हुने भएकोले नाक सुख्खा हुने, नाकको भित्रको हड्डी जसलाई टर्बिनेट भनिन्छ त्यो टर्बिनेट हड्डी सुनिने गर्छ ।

साथै रुघा लाग्यो भने सिगानको मात्रा बढ्ने गर्छ । जाडो मौसमा रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि गाह्रो हुने गर्छ । श्वास लिन असहज महसुस हुने र सुत्दा झनै अप्ठ्यारो हुने भएकोले जो कोही पनि यो समस्याबाट चाडै मुक्ति पाउन चाहन्छन् ।

नाक बन्द भएको बेला नाक खुलाउनको लागि प्रायः सबैले घरेलु उपचार विधी अपनाउँछन् । यदि ती विधीबाट निको नभए औषधी पनि लिन सकिन्छ ।

नाक बन्द भयो भने कसरी खोल्ने

नाक खोल्नको धेरै जसो मानिसहरु भिक्स वा सन्चोहरुको प्रयोग गर्ने गर्छन् । भिक्स र सन्चोले केही समयको लागि मात्रै नाक खोल्न सकिन्छ । त्यसले लामो समयसम्म काम भने गर्दैन । नाक खोल्नका लागि वाफ लिने र औषधीको प्रयोग गर्नाले नाक खोल्न सकिन्छ ।

वाफ लिने
नाक बन्द भयो भने पानीलाई उमालेर त्यसको वाफ लिन सकिन्छ । यो तरिका एकदमै सजिलो र प्रभावकारी पनि हो । यसबाट सजिलै आराम पाउन सकिन्छ । पानीमा थोरै नुन पनि राख्दा उपयुक्त मानिन्छ ।

अक्सिमेटाजोलिन ड्रप लिने
अक्सीमेटाजोलिन ड्रपको प्रयोग कतिमा एक हप्तादेखि १० दिनसम्म प्रयोग गर्न मिल्छ । यो धेरै प्रयोग गरियो भने यसले झनै असर गर्छ । नाक सुख्खा हुने, नाक बन्द हुनेजस्ता समस्या देखिन थाल्छ । यो एकदमै गाह्रो भयो भने मात्रै प्रयोग गर्नुपर्छ ।

नाकमा राख्ने सलाइन ड्र्रपको प्रयोग
चिसोले गर्दा नाक सुख्खा भयो भने सलाइन ड्रप पनि दिन मिल्छ । यो प्रायः बच्चाहरुलाई दिइन्छ । बच्चाको नाक सुख्खा भयो भने सलाइन ड्रप दिन मिल्छ ।

यसका साथै नाक खोल्नको लागि तातो झोलिलो खानेकुरा पनि खान सकिन्छ । जसले गर्दा नाकलाई सहज हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ