२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिटामिन ‘ए’को अभाव किन हुन्छ ? के समस्या देखिन्छन् ?

भिटामिन ‘ए’को अभाव किन हुन्छ ? के समस्या देखिन्छन् ?


उमा कोइराला, पोषणविद्

आम नेपालीहरु पेट भर्नका लागि खाना खाने हो भन्ने सोचाइ राख्छन् । माछा मासु तथा अन्य पौष्टिक आहार चाडपर्व केन्द्रीत हुन्छ । खानपानको कारण अधिकांश नेपालीलाई विभिन्न रोग लाग्ने गरेको छ ।

बालबालिकाको ५ वर्ष उमेर भित्रमा शारीरिक तथा मानसिक वृद्धि विकास तीव्र रूपमा हुन्छ । यो समयमा उनीहरुलाई आवश्यक मात्रामा भिटामिनयुक्त खानेकुरा खुवाउन सकिएन भने विभिन्न रोग लाग्छ । अझै भिटामिन ‘ए’ कमी भएमा रोग प्रतिरोधी क्षमतामा ह्रास आएर विभिन्न रोगले सजिलै आक्रमण गर्छ । त्यसैले भिटामिन ‘ए’को कमी हुन दिनु हुँदैन ।

किन हुन्छ भिटामिन ‘ए’को कमी ?

  • कडा किसिमको रोग लागेको छ भने खाएको खाना पच्दैन । जसले गर्दा भिटामिन ‘ए’ को कमी हुन्छ ।
  • भिटामिन ‘ए’ युक्त खानेकुराको सेवन नगर्नु ।
  • खानपिनको शैली ।

भिटामिन ‘ए’ को कमी हुँदा यस्ता लक्षण देखिन्छन्

  • छाला र आँखा सुख्खा हुन्छ । छालामा संक्रमण देखिन्छ ।
  • आँखा पाक्ने र राती आँखा नदेख्ने ।
  • बालबालिकाको ढिलो विकास हुनु ।
  • घाउ ढिलो निको हुनु
  • तौल कम हुनु र अन्य सरुवा रोग लाग्नु ।

भिटामिन ‘ए’को कमी भए के हुन्छ ?

  •  रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
  • आँखा कमजोर हुन्छ ।
  • रतन्धो, जेरोसिसजस्ता समस्या रोग लाग्छ ।
  • बच्चाहरु पुड्को र कुपोषित हुन्छन् ।
  • वयस्कमा बाँझोपनको समस्या आउन सक्छ ।
  • हाड तथा मांसपेशी कमजोर हुन्छ ।

भिटामिन ‘ए’का स्रोतहरु

भिटामिन ‘ए’ को सबैभन्दा उत्तम स्रोत जनावरबाट प्राप्त हुने खाने कुरा हो । माछा मासु, माछाको तेल, अण्डाको पहेंलो भाग, दुध र दुग्धजन्य पदार्थ, जनावरको कलेजो, नौनीजस्ता खानेकुरामा भिटामिन ‘ए’ पाइन्छ ।

हरिया सागपात, ताजा तरकारी, पहेंला फलफूल, गाँजर, फर्सी, काक्रो, कर्कलो, गोलभेंडा, ब्रोकाउलीजस्ता वनस्पतिजन्य खानेकुराको उचित उपभोगबाट पनि भिटामिन ‘ए’ पूर्ति गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ