२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्यान्सरको विकिरण उपचार (Radiation Therapy) के हो ?

क्यान्सरको विकिरण उपचार (Radiation Therapy) के हो ?


रेडियसन भनेको विकिरण हो । यो विकिरण सामान्य विकिरण मात्र नभई उच्च पावरको हुन्छ । यही विकिरणको प्रयोगले क्यान्सरका कोषिकाहरुलाई मार्ने प्रक्रियालाई रेडियसन थेरापी भनिन्छ ।

क्यान्सरको बिरामीलाई तीन तरिका औषधी, शल्यक्रिया र रेडिएसन थेरापीबाट उपचार गरिन्छ । औषधीबाट जसमा किमो, हाम्रोन र इम्युनो पर्छ । शल्यक्रियाबाट क्यान्सरको सेलहरु निकालिन्छ । रेडिएसन थेरापी क्यान्सर निको पार्न र रोकथामको लागि प्रयोग गरिन्छ । जसमा शरीरको कुन भागमा क्यान्सर भएको छ सोही भागमा विकिरण दिइन्छ ।

रेडियसन थेरापीले कसरी काम गर्छ ?

रेडियसन थेरापीमा प्रयोग हुने मेसिन विशेष हुन्छ । नेपालीहरुले यसलाई सेकाइ गर्ने भन्ने चलन पनि छ । यो भनेको सामान्य सेकाइ नभई विशेष मेसिनबाट हुने उपचार हो ।

यो मेसिनबाट क्यान्सर भएको ठाउँ क्यान्सरको डल्लोमा टार्गेट गर्ने सोही ठाउँमा विकिरण पार्ने गरिन्छ । विकिरणले मासुको डल्लो जुन क्यान्सरको सेलहरु हो तिनीहरुलाई सुकाउने अथवा मार्ने काम गर्छ ।

रेडियसन थेरापीले कसरी क्यान्सरको रोकथाम हुन्छ ?

सामान्यतयाः कोषिकाहरु बढ्छन र ती कोषिकाहरु नयाँ कोषिका बनाउन विभाजित हुन्छन् । तर, क्यान्सरका कोषिकाहरु सामान्यभन्दा छिटो बढ्छ र विभाजित हुन्छन् । विकिरणले कोषिका भित्रको डिएनएलाई भाँचिदिन्छ ।

यसरी डिएनएलाई भाँचिदिएपछि क्यान्सरको कोषिकाहरु बढ्न र विभाजन हुन सक्दैनन् । यसरी विकिरण कोषिकाहरुको वृद्धि रोकिने वा ती कोषिकाहरु मर्नेछन् । कोषिका मरेपछि त्यसलाई शरीरले आफै बाहिर निकाल्छ ।

क्यान्सर भएको व्यक्तिमा कहिलेसम्म विकिरण विधिको प्रयोग गरिन्छ ?

क्यान्सर भइसकेको व्यक्तिलाई विकिरण विधि प्रयोग गर्दा क्यान्सर कुन भागको हो, त्यही अनुसार हेरेर दिइन्छ । जस्तैः नाक, कान र घाँटीको ३५ दिन हुन्छ । फोक्सोको ३० दिनसम्म हुन्छ ।

चार–पाँच वर्षसम्म यो उपचार दोहो¥याउन मिल्दैन । एक पटक दिइसकेपछि एकदमै आवश्यक परेको खण्डमा मात्र दिइन्छ । किनकी विकिरणले क्यान्सरको कोषिकालाई र सँगै भएको नर्मल कोषिकालाई पनि असर गरेको हुन्छ । त्यही कारणले विकिरण विधिबाट सधैं उपचार गर्न मिल्दैन् ।

विकिरण उपचार (Radiation Therapy) कति प्रकारका हुन्छन् ?

रेडियसन थेरापी दुई प्रकारका हुन्छन् । आन्तरिक रेडियसन थेरापी र वाह्य रेडियसन थेरापी ।

वाह्य रेडियसनः विकिरणको स्रोत मेसिनबाट आएर बिरामीलाई गरिने उपचारलाई बाह्य रेडियसन भनिन्छ । यसको मुख्य भूमिका हुन्छ ।

भित्री रेडियसनः विकिरणको स्रोत ट्युमरमा नै राखेर गरिने उपचारलाई भित्री रेडियसन भनिन्छ । यसलाई ब्रायाकिमो थेरापी पनि भनिन्छ । सानो ट्युमर र वाह्य रेडियसनपछि बाँकी भएको कोषिकालाई मार्न यसको प्रयोग हुन्छ ।

कस्तो क्यान्सरको लागि विकिरण उपचार (Radiation Therapy) को प्रयोग गरिन्छ ?

रेडियसन थेरापी प्रायः सबै खालको क्यान्सरलाई दिइन्छ । जस्तैः मस्तिष्कको क्यान्सरमा शल्यक्रिया गर्न गरेपछि नाक, कान र घाँटी, ठुलो आन्द्रा, पाठेघर, प्रोस्टेट, पिसाब थैली र फोक्सो सबैमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ