२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ?

किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ?


पाठेघरको सबैभन्दा तलको भाग योनीभन्दा माथिको भागलाई पाठेघर भनिन्छ । त्यही स्थानमा आएको ट्युमरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । एचपीभी (Human Papilloma Virus) भाइरस हुन्छ ।

एकदम लामो समयसम्म यो भाइरसले पाठेघरको मुखमा संक्रमण गर्‍यो भने पाठेघरको मुखमा क्यान्सर हुन्छ ।

पाठेघरको मुखको क्यान्सर लक्षण

  • महिनावारी भइसकेपछि पनि बीच—बीचमा रगत देखा पर्ने
  • सम्पर्कपछि रगत जाने ।
  • गन्हाउने पानी बग्ने ।
  • सम्पर्क गर्दा दुख्ने ।
  • धेरै पेट दुख्ने ।
  • तौल घट्ने ।

पाठेघरको क्यान्सरको जोखिमका कारण

  • छिटो विवाह गर्नु
  • सानै उमेरबाट यौन सम्बन्ध राख्नु
  • धुम्रपान गर्नु
  • यौनांग सफा नराख्नु
  • धेरै बच्चा जन्माउनु
  • आफू बस्ने ठाउँ वरीपरी स्वच्छता मेन्टेन नगर्नु ।
  • धेरै लामो समयसम्म कन्ट्रासेफ्टी पिल्स सेवन ।

पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्न सकिन्छ ?

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिकै चरणमा हामीले थाहा पाउन सक्छौं । त्यसलाई प्रि–क्यान्सर स्टेज भनिन्छ । पाठेघरको क्यान्सर बारेमा थाहा पाउने तरिकाहरुः

  • पाठेघरको मुखको जाँच गर्ने ।
  • एचपिभी डिएनए टेस्ट गर्ने ।
  • हाइजिन मेन्टेन गर्ने ।
  • कण्डम प्रयोग गर्ने ।
  • पार्टनर एक जना मात्र बनाउने ।

पहिला हामी लक्षणहरु हेर्छौ । त्यसपछि एमआरआई, सिटी स्क्यानद्वारा ट्युमर कता छ भनेर हेर्छौ । वायोप्सी लिन मिल्ने ठाउँमा छ भने वायोप्सी लिन्छौं ।

यसबाट क्यान्सर पाठेघरमै भएको हो कि पाठेघरको मुखमा भएको हो कि वा डिम्बाशयमा भएको हो थाहा हुन्छ । वायोप्सीबाट कस्तो खालको क्यान्सर हो छुट्याउन पनि सकिन्छ ।

पाठेघर मुखको क्यान्सरका जोखिम

यही उमेरमा हुन्छ भन्ने छैन् । धेरै बच्चाहरु जन्माउने महिलाहरु, धेरै सम्पर्क राख्ने महिलाहरु, धेरै यौन पार्टनरहरु भएमा ३०—३५ वर्षको महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना धेरै रहन्छ ।

एचपीभी भ्याक्सिन

एचपीभी भ्याक्सिन एचपीभी भाइरसको संक्रमण विरुद्ध लगाइने खोप हो । यो भ्याक्सिन महिला र पुरुष दुवैलाई दिइन्छ । ९ देखि १६ वर्षको नानीहरुलाई यो भ्याक्सिन दिने सही समय हो । यो उमेरमा भ्याक्सिन दुई डोज दिए हुन्छ ।

अरु महिलाहरुलाई तीन डोज दिइन्छ । यो भ्याक्सिन लगाएपछि एचपीभी भाइरसले इफेक्ट गर्‍यो भने पनि भाइरसको विरुद्धमा लड्न सक्ने क्षमता दिन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ