२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः स्तन क्यान्सर किन हुन्छ ? यस्ता हुन्छन् लक्षण

भिडियो रिपोर्टः स्तन क्यान्सर किन हुन्छ ? यस्ता हुन्छन् लक्षण


काठमाडौं—स्तन ग्रन्थीमा आउने क्यान्सरलाई स्तन क्यान्सर भनिन्छ । अहिले विकसित र अविकसित मुलुकहरुमा अत्याधिक प्रयोग हुने प्रशोधित खानेकुरा, विलासी जीवनशैली, अल्छीपना, मोटोपना, चुरोट, रक्सीको सेवनजस्ता कारण यो क्यान्सर बढिरहेको छ ।

यसबाहेक १० जनामध्ये १ जनालाई वंशाणुगत रुपमा यो क्यान्सर भएको पाइन्छ । ब्राकाजिन वान, टु क्यारिअरहरुलाई पनि ब्रेस्ट क्यान्सर हुने सम्भावना रहन्छ ।

८० प्रतिशत स्तन क्यान्सरमा देखिने प्रमुख लक्षण भनेको स्तनमा गिर्खा आउनु हो । यसबाहेक स्तनको आकृतिमा परिवर्तन, स्तनको मुन्टो गाडिने, मुन्टोबाट रगत निस्किने, तरल पदार्थ निस्कने यसका थप लक्षणहरु हुन् ।

तर, मुख्यगरी स्तनमा आउने नदुख्ने किसिमको लम्प यसको लक्षण हो । त्यसलाई हामी पेनलेस लम्प भन्छौं । त्यहीकारण पनि कतिपय महिलाहरु दुखेको छैन भनेर घरमा बसिरहन्छन् ।

त्यसकारण स्तनमा कुनै पनि किसिमको लम्प (गिर्खा) आयो भने स्तन क्यान्सर विशेषज्ञलाई देखाएर त्यो क्यान्सर होइन भने प्रमाणित चाहिँ गर्नुपर्छ ।

थप भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ