२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अनिल झाको सल्लाहः यसरी बच्न सकिन्छ कान दुख्ने समस्याबाट

डा. अनिल झाको सल्लाहः यसरी बच्न सकिन्छ कान दुख्ने समस्याबाट


श्रवण शक्तिको मुख्य केन्द्रबिन्दुको रुपमा रहेको कानको दुखाइबाट प्रायः मानिसहरु ग्रसित भएको पाइएको छ । कानको दुखाइपछि मानिसहरु दुखाइलाई कम गर्न मेडिकलमा उपलब्ध एक दुई चक्की औषधि खाएर टार्ने गर्छन् । जुन बिल्कुल गलत हो । चिकित्सक प्रणालीमा हामीले कुनै पनि औषधि प्रयोग गर्नुपूर्व सम्बन्धित चिकित्सकको परामर्श लिनु पर्दछ ।

हामीले कान मात्र नभई शारीरिक र मानसिक समस्या सम्बन्धित कुनै पनि औषधि चिकित्सकको परामर्श बिना सेवन गर्नु हुँदैन । यसले हाम्रो स्वास्थ्यमा नकरात्मक असर समेत निम्त्याउन सक्छ । त्यसैले हामीले कुनै पनि समस्याको विषयमा सम्बन्धित चिकित्सकसँग परामर्श लिएर मात्रै औषधिको सेवन गर्नु उचित रहन्छ ।

यसकारण दुख्छ कान

कान दुख्ने विभिन्न कारण हुन्छन् । हाम्रो टाउकोमा टाउकोलाई नाकदेखि कानसम्म जोड्ने एउटा नली रहेको हुन्छ । र, कहिलेकाहीं विविध कारणवस उक्त नली ब्लक हुन पुग्छ । यसरी नली ब्लक हुने प्रक्रियालाई चिकित्सकीय प्रणालीअन्र्तगत ‘अक्लुजन’ पनि भनिन्छ ।

तसर्थ, नली बन्द भएको खण्डमा कानले अक्सिजन र नाइट्रोजनजन्य विभिन्न आवश्यक वस्तुहरु प्राप्त गर्न सक्दैन् । जसकारण यसले गर्ने गरेको क्रियाकलापमा अवरोध आउन पुग्दछ । र, फलस्वरुपः हामीलाई कान दुख्ने हुन्छ । ‘अक्लुजन’ हुनु पछाडि पनि थुप्रै कारणहरु रहेको पाइन्छ ।

  • रुघाखोकी
  • नाक, कान तथा घाँटीको ब्याक्टेरिया संक्रमण
  • धुलो, धुवाँ र चिसो
  • कानको सम्पूर्ण भागको नलीमा रहेको मासुको संक्रमण
  • र, कानको नलीमा भएको रौंको रुटको संक्रमण ।

रोकथाम तथा उपचार

कानको दुखाइलाई ‘अक्लुजन’ को पहिलो चरण मानिन्छ । यस अर्थमा लगातार कानको दुखाइलाई बेवास्ता गरेमा कानदेखि टाउकोसम्म रहेको उक्त नलीको ज्वाइन्टहरुमा विस्तारै अवरोध आई व्यक्तिको कान पाक्ने, चिलाउने र क्रमसः यसले गर्दा जालीमा समेत असर देखा पर्न गै श्रवण शक्ति नै पूर्ण रुपमा गुम्ने समेत हुन सक्छ ।

त्यसैले कानको दुखाइलाई हामीले वेवास्ता गर्नु हुँदैन । अझ व्याप्त अन्धविश्वासको कारण हाम्रो समाजमा कान दुखेको बेलामा तातो तेल, दुध तथा तुलसीको पातको झोल हाल्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । जुन सरासर गलत हो । यसले झन् विपरित नतिजा देखा पर्दछ ।

त्यसैले हामीले कान दुख्नासाथ सर्वप्रथम तुरुन्त चिकित्सककोमा जचाउन जानु पर्दछ । यसबाहेक हामीले कानमा यस्तो समस्या आउन नदिन सकेसम्म रुघाखोकी लाग्नबाट बची कानमा चिकित्सकको सल्लाह बिना कुनै पनि तरल पदार्थ हाल्नु हुँदैन ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ