२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकडा खालको दमबाट काे बढी जाेखिममा

कडा खालको दमबाट काे बढी जाेखिममा


डा. अशेष ढुगांना

‘सीओपीडी’ भन्नाले ‘कडा खालको दम रोग’ भन्ने बुझिन्छ । यो एक श्वासप्रश्वास सम्बन्धि राग हो । यस रोग लागेको ब्यक्तिमा कमजोर किसिमको श्वासप्रवास प्रवाह हुन्छ । यो ब्यक्तिमा देखा पर्ने दिर्घकालीन रोगमध्ये एक हो । यस रोगले ब्यक्तिलाई लामो समयसम्म सताइरहन्छ । यस अर्थमा भन्नुपर्दा यो रोगबाट ग्रसित भएका बिरामीहरुले रोगको समस्याबाट हतपत छुटकारा भने पाउन सक्दैनन् । तर, यसको अर्थ यसको उपचार हुदैन भन्ने होइन । ब्यक्तिले समयमै उपचार गरेको खण्डमा भने यस रोगलाई निर्मुल पनि पार्न सकिन्छ ।

यसका कारणहरु

  • धुम्रपान
  • बाह्य प्रदुषण (धुलो, धुवाँ आदि)
  • घरभित्र हुने प्रदुषण (चुल्हो,गौठो, पराल, दाउरा आदिको प्रयोग)
  • पेशागत जोखिम
  • वशांणुगत जोखिम
  • बढ्दो शहरीकरण
  • उचित ज्ञानको अभाव ।

यो रोग विशेषगरी प्रदुषणयुक्त वातावरणका कारण लाग्ने भएकोले नेपालजस्तो विकासोन्मसख तथा धुलो धुवाँयुक्त वातावरण भएको देशमा यस रोगको जोखिम उच्च मात्रामा देखिन्छ । वनजंगल तथा हरियालीको देश भनेर चिनिने नेपालको यो लज्जास्पद हो ।

विश्वमा नेपाल उच्च वायु प्रदुषण भएको देशमध्ये पाचौं स्थानमा सुचीबद्ध रहेको छ । यसैकारण वर्षेनी १० हजार नेपालीले मात्रै वायु प्रदुषणकै कारण आफ्नो ज्यान गुमाउनु परेको भयावह स्थिती हाम्रो सामुन्ने रहेको छ ।

यसबाहेक पछिल्लो क्रममा गरिएको एक अध्ययनले नेपालमा प्रत्येक ३ जना ब्यक्तिमध्ये एक जनाले धुम्रपान गर्ने तथ्य सार्वजनिक गरेको छ । अर्थमा पनि नेपालीहरु यस रोगको उच्च जोखिममा रहेका छन् ।

विश्वको सन्दर्भमा भने यस रोगबाट मात्रै करिब २५ करोड ब्यक्ति शिकार भएको देखिन्छ । विश्व स्वासथ्य संगठनले प्रस्तुत गरेको एक तथ्यांक अनुसार करिब साढे ३१ लाख ब्यक्तिले यसै कारण वर्षेनी ज्यान गुमाउनु परेको छ ।

यसका लक्षणहरु
मुख्य लक्षणहरु

  • श्वासप्रश्वास सम्बन्धि समस्या– स्वास्वा हुने
  • खोकी –पहेँलो तथा सेतो खकार आउने

अन्य लक्षणहरु

  • छाति घ्यारघ्यार हुने
  • औला वा जिब्रो निलो हुने
  • दुवै खुट्टा सुन्निे
  • पटक पटक छाति संक्रमण हुने सीओपीडी रोगको अवस्था

उपचारका उपायहरु

यस रोग देखा परेको बिरामी सर्वप्रथम चिकितसकको नियमित परामर्शमा रहनु आवश्यक पर्दछ । बिरामीले धुम्रपान त्यागी प्रदुष्कित वातावरणबाट समेत टाढै रहनु पर्छ । यसका साथै नियमित स्वस्थ्यकर जीवनशैली अपनाई ब्यक्तिले इन्हेलरको प्रयोग नियमित रुपमा गर्नुपर्दछ ।

साथै सम्बन्धि ब्यक्तिहरुमा उचित ज्ञानको अभाव रहेको देखिन्छ । धेरैमा यो रोग धुम्रपान गर्नेमा मात्र देखा पर्दछ, यसको उपचार सम्भव छैन र इन्हेलरको प्रयोग गरेपश्चात् यसको बानी पर्छ भन्नेजस्ता गलत भ्रमहरु रहेको पाइन्छ । जुन विल्कुल गलत हो । यो वायु प्रदुषण तथा धुलो भुवाँको कारण ब्यक्तिमा देखा पर्ने भएकोले यो जुनसुकै ब्यक्तिमा पनि देखा पर्न सक्छ । यसका साथै समयमा नै गरको उपचारले यो रोग निर्मुल समेत हुन्छ । र, निको भएका ब्यक्तिहरुको निमित्त इन्हेलरको प्रयोग लगातार आवश्यक पर्दैन ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ