२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुधीर सापकोटाको सल्लाहः कसरी थाहा पाउने बाल क्यान्सर, कसरी बच्ने ?

डा. सुधीर सापकोटाको सल्लाहः कसरी थाहा पाउने बाल क्यान्सर, कसरी बच्ने ?


अधिकांशमा अझैसम्म बालवालिका पनि क्यान्सर रोग देखा पर्छ र ? भन्ने भ्रामिक मनस्थिति रहेको देखिन्छ । नेपालको सन्दर्भमा कमैलाईलाई मात्रै बालवालिकामा पनि क्यान्सर हुन्छ भन्ने ज्ञान भएको पाइन्छ । बालवालिकामा पनि क्यान्सर हुन्छ । यसको उपचार पनि सम्भव छ ।

बालवालिकामा देखा पर्ने क्यान्सर विभिन्न किसिमका हुन्छन् । त्यसमा पनि नेपालमा सबैभन्दा बढी बालवालिकामा देखिने क्यान्सर यस किसिमका छन् ।

  • ल्युकेमिया (ब्लड क्यान्सर)
  • रेटिनो ब्लास्टोमा (आँखाको क्यान्सर)
  • लिम्फोमा (ग्रन्थीमा हुने एक किसिमको क्यान्सर)
  • अन्य (किड्नी, स्नायुतन्तु, मांसपेशी तथा हड्डीमा हुने क्यानसर) ।

विश्व र नेपालकै सन्दर्भमा ब्लड क्यान्सरपछि ‘ब्रेन ट्युमर’ बालवालिकामा देखिने क्यान्सरको दोस्रो नम्बरमा रहेको पाइन्छ । तर हाम्रोमा यो नगन्ने रुपमा मात्र छ । वयस्कहरुमा मद्यपान तथा धुम्रपानले क्यान्सर गराउँछ भनेजस्तै बालवालिकामा भने यही कुराले गराउँछ भनेर तोक्न भन्न सकिदैन् । बाल क्यान्सर के कारणले हुन्छ? भन्ने ठोस आधारहरु एकदमै कम मात्रामा रहेका छन् । तर, पनि विभिन्न कारणवस केही समूहलाई भने बाल्यावस्थामा नै देखापर्ने क्यान्सरको उच्च जोखिम अवस्थामा राखेका छौं । जसअन्तर्गत गर्भवती महिलाले गरेको थोरै लापरवाही यसको मुख्य कारण बन्न पुगेको देखिन्छ ।

  • गर्भवती अवस्थामा महिलाको अत्याधिक मद्यपान सेवन
  • विकिरण तथा रसायनयुक्त क्षेत्रको पहुँच
  • प्रदूषित वातावरण एवं किटनाशकको प्रयोग
  • गर्भावस्थामा भ्रुणमा देखा परेको वशांणुगत असन्तुलन

हालसम्मका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केसहरु हेर्ने हो भने ८० देखि ९० प्रतिशत बाल क्यान्सरको सफल उपचार भएका छन् । यस अर्थमा भन्नुपर्दा कुनै पनि क्यान्सर बेलैमा पहिचान गरी उपचार गर्न सकेमा त्यो पूर्ण रुपमा निर्मुल पार्न सकिन्छ । अझ भन्ने हो भने वयस्कको तुलनामा अधिकांश बाल क्यान्सरहरु निर्मुल भएको देखिन्छ । यसमा पनि बढी निको हुनेमा ब्लड क्यान्सर रहेको पाइएको छ । र, यसरी उपचार गरिएका कुनै पनि बालवालिकाले आफ्नो नर्मल जीवनयापन गर्न सक्छन् ।

बाल क्यान्सरका केही साझा लक्षणहरु

  • लामो समयसम्म ज्वरो आइराख्नु
  • तौल कम हुँदै जानु
  • शरीरको विभिन्न भागमा गिर्खाहरु देखिनु
  • शरीर तथा पेट सुन्निने वा फुल्दै जाने
  • शरीरका विभिन्न भागबाट रक्तस्राव हुनु
  • शरीरमा निलडामहरु देखा पर्नु
  • जोर्नीहरु दुख्नु
  • आँखामा सेतो फूलोजस्तो समस्या देखा पर्नु ।

रोकथाम तथा बच्ने उपाय

क्यान्सर के कारण देखा पर्छ भन्ने निश्चित कारण नभएकाले यसबाट बच्न यही उपाय नै अपनाउनु पर्छ भन्न पनि कठिन छ । तर, हामीले यसको विरुद्ध रोकथामका केही कदमहरु भने चाल्न सक्छौ । यसको निम्ति सर्वप्रथम कुनैपनि महिलाले आफ्नो गर्भावस्थाको समयमा विशेष ध्यान पु¥याउनुपर्छ ।

यसबाहेक माथि उल्लेख गरेकामध्ये कुनै पनि समस्या देखा परेमा आफ्ना बालवालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी यो कुनै क्यान्सर सम्बन्धि लक्षण हो कि होइन भनेर आवश्यक परामर्श लिनुपर्छ । यदि चिकित्सकले हेरिसकेपछि ‘यो क्यान्सर सम्बन्धि लक्षण हुन सक्छ’ भन्ने आशंका गरेको खण्डमा भने सम्बन्धित क्यान्सर विशेषज्ञ कहाँ नै जानुपर्ने हुन्छ । यसका साथै कुनै पनि गर्भवती महिलाले भविष्यमा गएर आफ्ना सन्तानमा यस्तो समस्या देखा नपरोस् भन्नका लागि चाल्नुपर्ने प्रारम्भिक कदमहरु यस्ता छन् ।

  • आफ्नो स्वास्थ्य पूर्ण रुपमा परीक्षण गराएर मात्रै गर्भको निम्ति तयार रहने
  •  गर्भवतीको समयमा नियमित स्वास्थ्य परीक्षण गराउने
  • विकिरण एवं रसायनयुक्त क्षेत्रहरुबाट टाढै रहने
  • मद्यपान तथा मदिरा सेवनबाट टाढै रहने
  • र, आफ्ना अघिल्लो पुस्ता वा सन्तानमा क्यान्सर देखिएको छ भन्ने आफू तथा शिशुमा क्यान्सरका लक्षण छ वा छैन भनी परीक्षण गराउने । यसबाहेक कुनै पनि बालबालिकालाई क्यान्सरबाट बचाउने पहिलो प्रयास भनेकै उनीहरुमा देखा परेको परिवर्तनबारे उचित रुपमा जानकार हुनु हो ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ