२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यघरमै बच्चा जन्मिँदा के गर्ने ? डा. कृष्ण पौडेलका यी १५ सुझाव

घरमै बच्चा जन्मिँदा के गर्ने ? डा. कृष्ण पौडेलका यी १५ सुझाव


वर्तमान समयमा अधिकाँश महिलाले अस्पतालमा नै प्रसुती गराउँछन् । यद्यपि, कतिपय अवस्था यस्तो पनि सिर्जना भैदिन्छ कि विविध कारणवश समयमै अस्पताल लैजान नसक्दा घरमै प्रसुती/ शिशु जन्मिछन । यदि तपाई घरमा नै बच्चा जनमाउन चाहानुहुन्छ वा अस्पताल लान सम्भव छैन भने घरमा शिशु जन्मिँदा यी कुराहरुमा ध्यान दिनुपर्दछ ।

१ ) सर्वप्रथम, सफा कपडाले पुछेर न्यायो गरी राख्न पर्दछ।

२) त्यपछि सफा औजारले नाभी काटिदिनु पर्दछ।

३) आमासँगै छातीमा टँसाएर राख्ने  र शिशु जन्मिएको आधादेखि १ घन्टाभित्र बिगौती दूध खुवाउने ।

४) पहिलो २४ घन्टाभित्र ननुहाइदिने ।

५ ) नाभीमा मलम लगाइदिने (पहिले नै ल्याएर राख्नुपर्छ) ।

६ ) तेललगायत अन्य पदार्थ नलगाउने ।

७) आमाको दूधबाहेक अन्य कुरा नखुवाउने ।

८) दुई घन्टाको फरकमा स्तनपान गराइराख्ने ।

९) शिशुलाई छुँदा हातगोडा राम्ररी धोएर सुक्खा बनाएर मात्र छुने ।

१०) शिशुलाई घाममा राखेर तेल मालिस गर्ने ।

११ ) शिशुवरपरको वातावरण सफा राख्ने ।

१२) नजिकमा धुम्रपान नगर्ने, धुवाँ हुन नदिने ।

१३) हावा खेल्ने ठाउँमा राख्ने, तर सीधै चिसो आउने ठाउँमा नराख्ने ।

१४) दिसापिसाब नियमित गरे–नगरेको हेर्ने ।

१५) स्वस्थ शिशुले २४ घन्टामा दिसापिसाब गरिसकेको हुनुपर्छ ।

शिशुलाई हुनसक्ने जोखिम

प्रसूती हुने समयमा आमालाई ज्वरो छ भने शिशुलाई रगतको संक्रमण हुनसक्छ । प्रसूती व्यथा लाग्ने १८ घन्टा पहिलेदेखि नै पानी बगेको छ भने पानी फुटेपछि बाहिरबाट कीटाणुभित्र पस्नसक्छ । गर्भेपानी गनाउने, शिशुको कम तौल छ र  राम्ररी दूध खाएन भने पनि शिशुको अवस्था जोखिम हुन् सक्छ  ।

घरमा नै शिशु जन्मिँदा  शिशुलाई कतिको खतरा छ वा छैन भन्ने कुरा लक्षणबाट पनि थाहाँ पाउन सकिन्छ।

खतराका लक्षण :

  • शिशु सुस्त वा लोसे हुने,
  • दूध चुस्न नसक्ने,
  • शीतांग भएर कठ्यांग्रिने,
  • ज्वरो आउने,
  • लल्याकलुलुक हुने,
  • कम्पन आउने,
  • र, मुखवरिपरि र हातखुट्टा निलो हुने ।

शिशुको मृत्युको कारण

  • रगतमा संक्रमण
  • जन्मिँदा कम तौल
  • महिना नपुगि जन्म
  • जन्मिँदा निस्सासिनु
  • कठ्यांग्रिएर शीतांग हुनु

क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ