२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलआयुर्वेदमा डबल एमडी गरेका डा. विभाकर

आयुर्वेदमा डबल एमडी गरेका डा. विभाकर


डा. विभाकर ठाकुर आयुर्वेदमा डबल एमडी गरेका नेपाली चिकित्सक हुन् । उनले चीनबाट अकुंपन्चरमा र भारतबाट आयुर्वेदमा एमडी गरेका छन् । यी डबल एमडी आयुर्वेद चिकित्सक अहिले सफल हेल्थ होम चाबहिल र एकान्तकुनास्थित हिमालय हेल्थ होममा बिरामी सेवामा सक्रिय छन् । आयुर्वेद उपचार पद्धति साइड इफेक्सरहित उपचार पद्धति भएकाले यसबाट सबै प्रकारका बिरामीलाई निको पार्न सकिने डा. विभाकर बताउँछन् ।

वि.सं. २०३८ मा सर्लाहीमा जन्मिएका हुन्, विभाकर । नागेश्वर ठाकुर र सरस्वतीदेवीका चार सन्तानमध्ये विभाकर पहिलो हुन् । उनका बुवा सरकारी शिक्षक थिए भने आमा गृहणी । बुवा शिक्षक भएकाले उनलाई बालबच्चाको शिक्षादीक्षाबारे विशेष ख्याल थियो ।

त्यही कारण उनले आफ्ना सन्नतीलाई पनि शिक्षादीक्षाका लागि निकै प्रेरित गरे । डा. विभारकको प्रारम्भिक शिक्षादीक्षा चक्रजनता शहीद गंगा स्कुलबाट सुरु भएको हो । विभाकरलाई त्यहाँको वातावरण, पढाउने शैली र शिक्षकहरुको मायाले मन खाएको थियो ।

स्कुल जीवनमा उनलाई गणित विषय बढी मन पथ्र्यो । ‘मलाई विशेषतः विज्ञान, गणित र अंग्रेजी रुचि थियो,’ उनी भन्छन्, ‘पढाइबाहेक अन्य खेलकुद सम्बन्धी जस्तै फुटबल, क्रिकेट, गायन जस्ता कुरामा संलग्न हुन्थेँ ।’ त्यहीबाट उनले वि.सं. २०५४ मा एस.एल.सी उत्तीर्ण गरे । प्रथम श्रेणीमा पास भएका उनी जिल्लाकै प्रथम भए ।

‘बुवा आफै शिक्षक हुनु भएकोले घरमा पढ्ने वातावरण राम्रो थियो,’ उनले सुनाए, ‘त्यसपछिको उच्च शिक्षाका लागि काठमाडौं आएँ ।’ काठमाडौंको अमृत साइन्स क्याम्पसबाट वि.सं. २०५६ मा उनले आईएस्सी उत्तीर्ण गरे ।

बाल्यकालदेखि नै डाक्टर बनेर बिरामीको सेवा गर्ने सपना पालेका थिए । ‘बिरामीको सेवा गर्न र हेल्थ इज वेल्थ भन्ने कुराले नै यस पेसामा आबद्ध हुन चाहन्थें,’ उनले कारण खोले । त्यही कारण आईएस्सी सकेपछि उनले त्यसपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा इन्ट्रान्स दिए । बिना तयारी परीक्षा दिएका उनको बीएमएसमा नाम निस्कियो ।

‘तयारी बिनै परीक्षा दिएकाले होला मैले एमबीबीएसको इन्ट्रान्समा नाम निकाल्न सकिनँ,’ डा. विभाकर भन्छन्, ‘त्यसपछि प्रकृतिसँग जोड्ने आयुर्वेद विज्ञानतर्फ आकर्षित भएँ । र, बीएमएस पढ्न सही ठानेँ ।’ वि.सं. २०५७ को माघबाट उनले छात्रवृत्तिमा बीएमएसको अध्ययन सुरु गरें । वि.सं. २०६२ मा मैले आयुर्वेद कलेज नरदेवी (जुन हाल कीर्तिपुरमा छ) बाट गोल्ड मेडलिष्टका रूपमा बीएमएस उत्तीर्ण गरें ।

गोल्डमेडल हासिल गर्ने फर्मुला के हो त ? भन्छन्, ‘सुरुमा त आफू तल्लीन भएर अध्ययन गर्नुर्‍यो । पाठलाई पढेपछि त्यसको विवेचना कसरी गर्ने अनि परीक्षामा सोधिएका प्रश्नहरुले मागेको उत्तर कसरी दिन सकिन्छ त्यसमा ख्याल गर्नुपर्छ ।’ उनी लगनशील भएर अध्ययन गर्नेले गोल्ड मेडल प्राप्त गर्न सक्ने बताउँछन् ।

बीएमएस सकिएपछि उनले दुई वर्ष काठमाडौंका विभिन्न क्लिनिकमा सक्रिय रहेर बिरामीलाई सेवा दिए । त्यो अवधि उनका लागि काम सिकाइका हिसाबले पनि महत्वपूर्ण बन्यो । दुई वर्ष सक्रिय भएर बिरामी सेवामा तल्लीन भएका उनमा विशेषज्ञता हासिल गर्ने हुटहुटी सुरु भयो । त्यही कारणले उनले विभिन्न ठाउँमा छात्रवृत्ति हेरिरहेका थिए ।

‘पूर्ण छात्रवृत्तिसहित चीनमा अकुंपरञ्चरमा एमडी गर्ने मौका पाएँ,’ उनले विशेषज्ञता अध्ययनको किस्सा खोले, ‘थेन्जिन युनिभर्सिटी अफ टिसीएम चीनमा मैले सन् २००८ देखि २०१२ सम्म अध्ययन एमडीको अध्ययन पूरा गरे ।’ अकुंपञ्चरमा विशेषज्ञता हासिल गरेपछि उनी सन् २०१२ मै नेपाल फर्किए । नेपाल फर्किएपछि उनले केही मसमय नेपाल आयुर्वेदिक रिसर्च सेन्टर काम गरे । त्यसपछि केही निजी अस्पतालमा समेत बिरामी सेवा गरें ।

करिब चार वर्ष यही सिलसिलामा बित्यो । सन् २०१६ मा डा. विभाकरले भारत सरकारको पूर्ण छात्रवृत्तिमा आयुर्वेदमा विशेषज्ञता हासिल गर्ने अवसर पाए । त्यसका लागि उनी भारत गएँ । ‘त्यहाँ मैले हिमाञ्चल प्रदेश विश्वविद्यालयबाट आयुर्वेदसम्बन्धी एक विषय लिएर विशेषज्ञता अध्ययन सुरु गरे,’ उनले भने, ‘जसमा औषधी कसरी बनाउने, औषधीको गुण कसरी पत्ता लगाउने, कसरी प्रयोग गर्ने तथा क्लिनिकल अभ्यासहरू पढें ।’ त्यही क्रममा उनले पेपरको लागि एउटा रिसर्च पनि गरे, जुन पक्षघातको समीरपन्नग रसको टक्सीसीटी अध्ययन थियो । सन् २०१९ मा उनले प्राकृतिक तथा आयुर्वेद चिकित्सा दोस्रो एमडी पनि सकाएँ । ‘नेपालमा आयुर्वेदमा दुई वटा एमडी गरेको म एक्लो चिकित्सक हुँ,’ डा. विभाकर भन्छन् ।

भारतबाट दोस्रो एमडी सकेपछि उनी सन् २०१९ मा नेपाल फर्किएँ । त्यस लगतै कोभिड—१९ महामारी सुरु भयो । जसका कारण केही नयाँ गर्ने योजना बनाएका भएपनि उनले डेढ वर्ष जति केही सुरुवात गर्न सकेनन् । तर, आफ्नै केही नौलो र फरक अभ्यास गर्ने सोच भएका डा. विभाकरले कोभिड—१९ महामारी केही कम भएपछि पार्टनरसीपमा सफल उपचार केन्द्र र हिमालय हेल्थ होम गरी दुई वटा संस्थाको सुरुवात हात हाले । अहिले उनी हिमालय हेल्थ होमको प्रबन्ध निर्देशकका रुपमा सक्रिय छन् भने उनी सफल हेल्थ होम विशाल श्रेष्ठसँग सहकार्यमा चाबहिलमा सफल हेल्थ होमको शाखाको संचालकसमेत छन् ।

विशेषतः आयुर्वेदलाई धेरैले अभ्यास नगरेको अवस्था रहेको डा. विभाकरको अनुभव छ । ‘आयुर्वेदको मुख्य सिद्धान्त जसलाई त्रिदोष सिद्धान्त र पञ्च महाभूत सिद्धान्त भनिन्छ, त्यो सिद्धान्तलाई आत्मसात् गरेर धेरैले अभ्यास नगरेको अवस्था छ,’ उनी भन्छन्, ‘त्यसलाई गम्भीर रूपमा लिएर लागु गर्नुपर्ने अवस्था छ । पुरुष र प्रकृतिको एउटा सामञ्जस्यता हुन्छ, त्यस सम्बन्धित हामीले समग्र अभ्यास गर्नुपर्छ । रोगको पहिचान र निदान पनि सिद्धान्तमै रहेर गर्नुपर्छ ।’ रोग धेरै कारणले लाग्न सक्ने बताउँदैं उनी तीमध्ये खानपान, वातावरणलगायतका कारणहरुको पहिचान गर्न सकेमा आयुर्वेद पञ्चकर्मबाट रोग निको पार्न सकिने सुनाउँछन् ।

डा. विभाकरकाअनुसार आपत्तकालिक अवस्था बाहेकका कुनै पनि रोगलाई आयुर्वेद तथा टिसिएम प्रणालीबाट उपचार गरेर निको पार्न सकिन्छ । ‘प्रमुखतः यो साइडइफेक्टरहित उपचार पद्धति हो । किनकि यसमा कुनै पनि किसिमको रसायनको प्रयोग हुँदैन्,’ डा. विभाकर आयुर्वेद उपचार पद्धतिका फाइदा भन्छन्, ‘हामीले उपचार गर्दा जडीबुटीको प्रयोग गर्छौं । यसको अर्को फाइदा चाहिँ यसले रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । त्यस्तै यो सही, सरल र भरपर्दो उपचार हो ।’ प्रकृतिमा रहेका स्रोत साधनलाई उपयोग गरिने भएकाले पनि यो प्रभावकारी उपचार पद्धति भएको उनको तर्क छ ।

हिमालय हेल्थ होम र सफल उपचार केन्द्र आयुर्वेद चिकित्सालाई जनमानसमा पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको उनको भनाइ छ । ‘यो निजी संस्था भएतापनि हामीले दिने सेवाहरू सुपथ मूल्यमा उपलब्ध गराइरहेका छौं,’ उनी भन्छन्, ‘हामीले बिरामीहरूलाई पनि स्वास्थ्य नै हो भन्ने धारणाले उपचार गर्छौँ र यो सेवा सबैमाझ पुर्‍याउने इच्छा राखेका छौं ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ