२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटविभिन्न विपन्न तथा मुसहर बस्तीमा स्वास्थ्य शिविर सम्पन्न

विभिन्न विपन्न तथा मुसहर बस्तीमा स्वास्थ्य शिविर सम्पन्न


धनुषा – धनुषा तथा महोत्तरीमा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दन्त चिकित्सक डा. पुस्कर काफ्ले तथा ओम बुद्ध डेन्टल काठमाडौंको सहकार्यमा विभिन्न मुसहर, दलित तथा विपन्न बस्तीमा सो कार्यक्रम सम्पन्न गरिएको हो।

सो कार्यक्रम धनुषाको मिथिला नगरपालिका वडा नं ९ र १० तथा महोत्तरी, बर्दिबास–१४ मा आयोजना गरिएको थियो । कार्यक्रममा विशेषगरी सरसफाई सम्बन्धि जनचेतनामूलक ज्ञान प्रदान गरिनुका साथै ६ सय बराबरको साबुन, दन्त ब्रस तथा मञ्जन वितरण गरिएको थियो ।

‘हाम्रो मुख डस्बिन होइन र मुखलाई डस्बिन नबनाऔ’ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको डा. पुष्कर काफ्लेले हेल्थ आवाजलाई जानकारी दिए । कार्यक्रममको मुल उद्देश्यको बारेमा बोल्दै उनले भने, ‘आफ्नो क्षेत्र भएकोले आफ्नै वस्तीबाट जनचेतनाका कार्यक्रमहरु गरी वस्तीलाई जागरुक गरौं भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। हामीले सरसफाईलाई पहिलो प्राथमिता दिदै ब्रस कसरी गर्नुपर्छ भन्ने कुरा संगसंगै कोरोनाको भय फैलिरहदा हात कसरी धुनुपर्छ भन्ने ज्ञान समेत प्रदान ग¥यौ ।’

उक्त शिविरमा ६ सय जनाको उपस्थिति थियो जसमध्ये ५५ जना बिरामीले आफ्नो दाँत झिकेका थिए। यसको साथै अन्य सेवा लिने व्यक्तिको पनि बाक्लै उपस्थिति रहेको डा. काफ्लेको भनाई छ। यसबाहेक कार्यक्रममा जेष्ठ नागरिक तथा एक महिलालाई सम्मान गर्नुको साथै नियमित र जेहेनदार १० छात्र र १० छात्रा विद्यार्थीलाई ब्याग एवम् स्कूल ड्रेस वितरण गरिनुका साथै छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

प्रदेश सभा सदस्य शारदा थापा, मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महत्तो लगायत वडाका अध्यक्षहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


क्याटेगोरी : कर्पोरेट, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ