२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्यकर्मी आक्रमणमा संलग्न एक पक्राउ, अन्य चारको खोजी हुँदै

स्वास्थ्यकर्मी आक्रमणमा संलग्न एक पक्राउ, अन्य चारको खोजी हुँदै


जनकपुर – रौतहटमा क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको टाउँमा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । बिहिबार जनकपुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो  ।

अन्य चार जनाको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।  रौतहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टाइनमा झगडा गर्दै स्वास्थ्यकर्मी कुट्ने मुख्य व्यक्ति स्थानीय रुस्तम मियाँलाई प्रहरीले पक्राउ गरेका छन् ।

क्वारेन्टाइनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा घर जान नपाएको भन्दै उनीहरूले सिनियर अहेव खुर्सीद आलम र रामनरेश साहको ठाउँकोमा प्रहार गरेका थिए । आक्रमणबाट दुवै स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ