२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ का अर्थ राज्यमन्त्री यादवकी स्वकीय सचिव गण्डक अस्पतालको आइसोलेसनमा भर्ना

प्रदेश २ का अर्थ राज्यमन्त्री यादवकी स्वकीय सचिव गण्डक अस्पतालको आइसोलेसनमा भर्ना


जनकपुर –  प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री उषा यादवकी कोरोना संक्रमित स्वकीय सचिवलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गएको बिहिबार ३० वर्षीया संक्रमितलाई आइसोलेसनमा भर्ना गराइएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

संक्रमित राज्यमन्त्री यादवकै घरमा बसेकी थिइन् । उनलाई भर्ना गरिएपछि राज्यमन्त्री यादवको घरमा ट्रेसिङको काम सुरु गरिएको बताए । प्रदेशसभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो ।

रिपोर्ट आएका मध्ये ५ जना मर्यादापालक र मन्त्रीका स्वकीय सचिव सहित ६ जनाको रिर्पोट पोजेटिभ आएको थियो । रिर्पोट पोजेटिभ आएपछि प्रदेशसभाको बैठक स्थगित भएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ