२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्य प्रमुखलाई कोरोना देखियो, प्रहरी र कार्यालय सहयोगी पनि संक्रमित

स्वास्थ्य प्रमुखलाई कोरोना देखियो, प्रहरी र कार्यालय सहयोगी पनि संक्रमित


जनकपुर– प्रदेश २ का सप्तरीमा एक जना स्वास्थ्य चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका इन्चार्ज समेत रहेका स्वास्थ्य चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको हो ।

नगरपालिका वडा न.५ भाटिनका ५० वर्षीय हेल्थ असिस्टेन्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले वताए ।

सप्तरीको सबैभन्दा बढी संक्रमित देखिएको बोदेबर्साइन नगरपालिकामा संक्रमितको संख्या यो सँगै २० पुगेको छ । सोही नगरपालिकामा जेठ १५ गते चन्द्र नमूना माविको सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो ।

सप्तरीमै जेठ १३ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत असईमा संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ