२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु

महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु


जनकपुर – महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बस्दै आएका १ पुरुषको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडि मात्र क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा बस्दै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डलको मृत्यु भएको हो ।

होम क्वारेन्टाइनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरामा लट्ठ भएपछि उनको सोमबार विहान मृत्यु भएको हो । मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए ।

आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भइरहेको कुशवाहाले वताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ