२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २भारतबाट दिनहुँ भित्रिदा क्वारेन्टाइन अव्यवस्थित, संक्रमणको जोखिम उच्च

भारतबाट दिनहुँ भित्रिदा क्वारेन्टाइन अव्यवस्थित, संक्रमणको जोखिम उच्च


जनकपुर – भारतबाट दिनहुँ स्वदेशी भित्रिदा क्वारेन्टाइन अव्यवस्थित बन्दै गएका कारण संक्रमण फैलने चिन्ता झनै बढेको छ  । बढ्दो संख्या र ठाउँको अभावले कोचाकोच गरेर बस्न बाध्य छन्  क्वारेन्टाइनका नागरिक ।

कमला नगरपालिका ८ स्थित मावि टेढामोडको क्वारेन्टाइनमा भारतको क्वारेन्टाइनमा बसेर आएका नागरिक सहित अहिले ६० जनाभन्दा बढी व्यक्तिलाई राखिएको छ । उक्त  क्वारेन्टाइनमा   व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठामात्र होइन् बरण्डामै डनलप ओछ्याएर उनीहरुलाई सुत्न भनिएको छ ।

विद्यालयमा भएको एउटा शौचालयले दिशा, पिसाव गर्न अत्यधिक समस्या भोग्नु परिरहेको क्वारेन्टाइनमा  बसेकाहरुको गुनासो छ । क्वारेन्टाइनमा साबुन, सेनिटाइजर समेत नरहेकाे उनीहरू बताउछन।

सो क्वारेन्टाइनमा बस्दै आएका कमला नगरपालिका ५ भाहुवाहाका सन्तोष सदाले भने, ‘म भारतको क्वारेन्टाइनबाट यहाँ आएको ११ दिन भैसक्यो, न त जाँच भएको छ न त स्वास्थ्यकर्मी नै आएका छन् । म यहाँ पनि बस्छु तर मेरो जाँच त हुनुपर्यो।’

यसै सन्दर्भमा बोल्दै नगरपालिका प्रमुख रामउदगार गोइतले भने, ‘शुरुमा व्यवस्थित गरिएपनि संख्या एक्कासी बढ्दै गएपछि समस्या भएको हो।’ दैनिक २० देखि २५ जना थपिन थालेपछि समस्या भएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ