२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २एक बालक सहित बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

एक बालक सहित बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


जनकपुर –  प्रदेश २ को बारा जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

बाराको सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी बताए ।

संक्रमितहरुलाई कलैयास्थित अस्पतालमा ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले बताए । यससँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ भने ५१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ