२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बर्दिबासमा आइसोलेसन नहुँदा संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, संक्रमणको जोखिम बढ्यो  

बर्दिबासमा आइसोलेसन नहुँदा संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, संक्रमणको जोखिम बढ्यो  


जनकपुर – महोत्तरीको बर्दिबासमा आइसोलेसन नरहेकोले कोरोना संक्रमितहरु क्वारेन्टाइनमै बस्न बाध्य छन् । आइसोलेसनको अभावकै कारण संक्रमितहरुलाई क्वारेन्टाइनमै छुट्टै कोठामा आसोलेट गरि राखिएको बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखाका सह—संयोजक रामबाबु यादवले जानकारी दिए ।

बर्दिबास नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहेका १५ जनामा मंलगबार कोराना पुष्टि भएको थियो । त्यस्तै, जेठ २५ गतेको दिन १ जनामा संक्रमण पाइएको थियो । संक्रमितहरु छिमेकी मुलुक भारतको विभिन्न शहरबाट आएका सह—संयोजक यादवले बताए ।

संक्रमितहरुमा कुनै गम्भिर खालको लक्षण नदेखिएको त्यहाँ खटिएका बर्दिबास अस्प्तालका डाक्टर अनिल फुयाँलले बताए ।
लकडाउन सुरु भएदेखि नै बर्दिबास नगरपालिकाले बर्दिबास नगरपालिका —२ हनुमान चौकस्थित नवनिर्मित बर्दिबास सरकारी अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न जुटेको थियो । अस्पतालको भवन निर्माण कार्य अधुरा रहेकोले समयमै आइसोेलेसन कक्षा निर्माण हुन नसकेपछि अहिले समस्या भएको स्थानीयको भनाइ छ ।

कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राख्न व्यवस्थापन भइरहेको बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले बताए । आइसोलेसन निर्माण गर्नका लागि आवश्यक वेड, उपकरण, स्वास्थ्य समाग्रीहरु जुटाउने काम अन्तिम चरणमा पुगेको मेयर कार्कीले बताए ।  बर्दिबास नगरपालिकाको दुई वटा क्वारेन्टाइनमा ६७ जना रहेका छन् भने क्वारेन्टाइनकै आइसोलेसनमा १५ जना रहेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ