२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २लायन्स क्लबद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य समाग्री सहयोग

लायन्स क्लबद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य समाग्री सहयोग


जनकपुर – लायन्स क्लबले संयुक्त रुपमा जनकपुरधामस्थित विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ । जनकपुरधामस्थित शहिद गंगालाल हृदय रोग प्रतिष्ठान र जानकी आँखा अस्पताललाई लायन्स क्लब अफ जनकपुर, लायन्स क्लब अफ जनकपुर जानकी र लायन्स क्लब अफ जनकपुर राजधानीले संयुक्त रुपमा स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेको हो ।

कल्वले फेस मास्क, पिपिई, सेनिटाइजर, गलभ्स, सर्जिकल माक्स र एन ९५ मास्क, कोलिन सहितका स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरिएको जोन केयर पर्सन तथा कोभिड १९ संयोजक राम नगिना राउतले बताए । लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, पुर्व पदाधिकारीहरुले दुवै अस्पताल पुगेर सो सुरक्षा समाग्री प्रदान गरेका थिए ।

जोखिमकाबीच अस्पतालमा कार्यरत चिकित्सक, नर्सहरुको सुरक्षा सर्तकतालाई ध्यानमा राख्दै समाग्रीहरु वितरण गरिएको क्लबका पदाधिकारीले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ