२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २मा ३ अर्ब ५२ कराेड बजेट स्वास्थ्य क्षेत्रको लागि विनियोजन

प्रदेश २मा ३ अर्ब ५२ कराेड बजेट स्वास्थ्य क्षेत्रको लागि विनियोजन


जनकपुर – प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य क्षेत्रको लागि मात्रै ३ अर्ब ५२ कराेड रकम विनियोजन गरेकाे छ । उक्त बजेट रकममा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ बनाउनका लागि ७० करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, जनकपुरधामको प्रादेशिक अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नका लागि ४५ करोड ५३ लाख, सप्तरीको भारदह अस्पतालको स्तरोन्नतिका लागि ६ करोड ७९ लाख र पर्साको पोखरिया अस्पतालको विकासका लागि ४ करोड ४ लाख रकम विनियोजन गरिएको छ ।

यता, प्रदेश क्यान्सर अस्पताल निर्माणका लागि २ करोड, ट्रमा सेन्टरका लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि १ करोड रकम विनियोजन गरिएको छ ।

प्रदेशमा स्थानीय निकायको सहकार्यमा सर्पदंश उपचारका लागि एन्टी भेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन गर्नका लागि ५ करोड ५४ लाख बजेट विनियोजन गरिएको हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ