२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीमा एकैदिन २ सयमा कोरोना पुष्टि

महोत्तरीमा एकैदिन २ सयमा कोरोना पुष्टि


महोत्तरी –  महोत्तरीमा एकैदिन २ सयमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ जना महिला र १ सय ९३ जना पुरुष छन् ।यससँगै महोत्तरीमा संक्रमितको संख्या ५०८ पुगेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बुधबार एकैदिन २ सयमा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित मध्ये १ सय ८२ जना सम्सी गाउँपालिकाका रहेका छन् । यसअघि पनि सम्सी गाउँपालिकामै ९१ जनामा संक्रमण पुष्टि भएको थियो । यससंगै सम्सी गाउँपालिकामा संत्रमित बढेसँगै ७२ घण्टाका लागि सिल गरिएको छ । आज राति १२ बजेदेखि लागुहुने गरि गाउँपालिका सिल गरिएको सुचना अधिकारी कामेश्वर यादवले बताए ।

यस्तै, बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र २ जनाको विवरण खुल्न नसकेको प्रजिअ कटुवालले बताए । जनस्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकल पर्सन वीरेन्द्रकुमार झाका अनुसार थपिएका संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी समेत छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ