२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग

सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग


जनकपुर –  सिरहाको लहानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सप्तरीको खडक नगरपालिका—३ बस्ने अन्दाजी २३ वर्षीया मौसम खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो ।

डाक्टरका लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दैं आफन्तले कारवाहीको माग गरेका छन् । करिब एक महिना आगाडि ती महिलाले लहानमा रहेको लीला मदन पोलिक्लिनिकमा शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरिएको ठाउँमा उनको दुई वटा टाका चुडिएपछि पुनः सोही पोलिक्लिनिकमा थप उपचारका लागि ल्याइएको थियो । ३० हजार रुपैयाँ लिएर दोस्रो पटक पुनः शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको परिवारको दाबी छ । आफन्तले अस्पताल परिसरमा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । खातुनको मृत्यु लगत्तै सो क्लिनिकका डा. दिलिप साह फरार भएका छन । इलाका प्रहरी कार्यलय लहानले भने उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ