२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि

प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि


जनकपुर – प्रदेश २ का विभिन्न ३ जिल्लाबाट संक्रलन गरिएको थ्रोड स्वाब नमुनाको आरटी पीसीआर परीक्षणका क्रममा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार महोत्तरी, धनुषा रौतहट जिल्लाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित देखिएका सबैभन्दा धेरै महोत्तरीका रहेका छन् । महोत्तरीका २९ जनामा संक्रमण पुष्टि भएको छ। रौतहटका ५ जनामा पनि कोरोना पुष्टि भएको छ । धनुषाका ३ जनामा कोरोना देखिएको प्रयोगशालाले बताएको छ ।

कोरोना संक्रमण देखिनेमा ५४ वर्षीय पुरुषदेखि १० वर्षीय बालकसम्म रहेका छन् । प्रयोगशालाले १६५ जनाको नमुना संकलन गरिएकोमा ३७ जनामा कोरोना पुष्टि भएको छ भने १२८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ